Date
शुक्र, कार्तिक २०, २०८३
Fri, November 6, 2026

वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध घुस प्रकरणमा मुद्दा दायर

spot_img
spot_img

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारहरूको बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत लिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो । सोही क्रममा खटिएको टोलीले उनलाई कार्यालयबाटै रु. १ लाख २० हजार ८५० सहित नियन्त्रणमा लिएको जनाएको छ।

अनुसन्धानबाट दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने क्रममा गैरकानुनी लाभ लिने उद्देश्यले योजनाबद्ध रूपमा विभिन्न कम्पनी तथा फर्मका प्रतिनिधिसँग मोलमोलाई गरी घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ। विशेषगरी उनले भुक्तानी प्रक्रियालाई सहजीकरण गरिदिने सर्तमा सेवाग्राहीसँग रु. ९३ हजार ८५० घुस लिएको स्थापित भएको छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम कसुर ठहर हुने भन्दै आयोगले सोही रकम बराबर बिगो कायम गरी कैद तथा जरिवाना सजायको मागदाबी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपा पर्सा–४ को शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ४ को आयोजनामा बिहीबार दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा...

अब बारामा हुलाकमार्फत घरमै आइपुग्ने भयो नेपाल टेलिकमको सिमकार्ड

वीरगंज । जिल्ला हुलाक कार्यालय बाराले नेपाल टेलिकमको सिमकार्ड सेवाग्राहीको घरमै पुर्‍याउने सेवा सुरु गरेको छ । हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको...

गौतम माविको स्वर्ण जयन्तीमा तीनदिने GSS MUN 6.0 सुरु, १४० विद्यार्थी सहभागी

वीरगंज । गौतम माध्यमिक विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षको विशेष अवसरमा आयोजित तीनदिने ‘GSS Model United Nations (GSS MUN 6.0)’ कार्यक्रम सुरु भएको छ...