Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

दुई वर्षपछि परिवारसँग भेटाइदिए इन्स्पेक्टर मनोज शर्मा, मानवीय कार्यले रुँवायो परिवार

spot_img
spot_img

रक्सौल (बिहार) । भारत–नेपाल सीमा क्षेत्रमा कार्यरत रहँदा इन्स्पेक्टर मनोज कुमार शर्माले गरेको एक मानवीय कार्यले दुई वर्षपछि एक बिछोडिएको परिवारलाई पुनः मिलाएको छ ।

जुलाई २०२४ मा असम सरुवा भईसके पनि शर्माले ०१ मे २०२४ मा रक्सौलस्थित हाजमा टोल नजिक रेल्वे लाइन छेउबाट मानसिक रूपमा अस्वस्थ र बेसहारा अवस्थामा भेटिएकी एक वृद्ध महिलाको उद्धार गरेका थिए । राति करिब ११:३५ बजे गस्तीका क्रममा उनले झाडीमा लुकेर बसेकी ती महिलालाई देखेपछि तत्काल उद्धार अभियान सुरु गरेका थिए ।

सशस्त्र सीमा बल (एसएसबी) को मानव तस्करी विरोधी इकाइका इन्चार्जसमेत रहेका शर्माले टोलीलाई बोलाई महिलालाई सुरक्षित रूपमा उद्धार गरी ‘माहेर ममता निवास’ रक्सौलमा आश्रय दिलाएका थिए । त्यसपछि उनको उपचार डंकन अस्पतालमा निरन्तर गराइएको थियो ।

लामो समयको उपचार र हेरचाहपछि महिलाको स्वास्थ्यमा सुधार आएको र बिस्तारै स्मरणशक्ति पनि फर्किएको थियो । त्यसपछि उनले आफ्नो घर क्षेत्र र नजिकको प्रहरी थानाबारे जानकारी दिएपछि सम्बन्धित निकायमार्फत परिवारसँग सम्पर्क स्थापित गरिएको थियो ।

परिवारका अनुसार उनीहरूको आमा अप्रिल २०२४ मा खेतबाट फर्कने क्रममा हराएकी थिइन् । लामो खोजीपछि पनि कुनै पत्ता नलाग्दा परिवार निराश बनेको थियो ।

०५ अप्रिल २०२६ मा हरैया थाना प्रमुख किशन पासवानको उपस्थितिमा ती महिलालाई उनका दाजु जयपाल गोंडलाई औपचारिक रूपमा जिम्मा लगाइएको थियो । त्यसपछि उनी मध्यप्रदेशको अनूपपुर जिल्लास्थित आफ्नै गाउँ फर्किएकी छन् ।

करिब दुई वर्षपछि आमालाई सकुशल भेट्दा परिवारका सदस्य भावुक बनेका थिए । उनीहरूले उद्धारमा संलग्न सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरेका छन् ।

उक्त मानवीय कार्यमा इन्स्पेक्टर मनोज कुमार शर्मा, उपनिरीक्षक अनिल कुमार शर्मा, कन्स्टेबलहरू जितेन्द्र, टिनु कुमारी, पिंकी कुमारी तथा माहेर ममता निवासका बीरेन्द्र कुमारसहितको टोलीको महत्वपूर्ण भूमिका रहेको थियो ।

यो घटना केवल उद्धार अभियान मात्र नभई कर्तव्यनिष्ठा, संवेदनशीलता र मानवताको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...