Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

दुई वर्षपछि परिवारसँग भेटाइदिए इन्स्पेक्टर मनोज शर्मा, मानवीय कार्यले रुँवायो परिवार

spot_img
spot_img

रक्सौल (बिहार) । भारत–नेपाल सीमा क्षेत्रमा कार्यरत रहँदा इन्स्पेक्टर मनोज कुमार शर्माले गरेको एक मानवीय कार्यले दुई वर्षपछि एक बिछोडिएको परिवारलाई पुनः मिलाएको छ ।

जुलाई २०२४ मा असम सरुवा भईसके पनि शर्माले ०१ मे २०२४ मा रक्सौलस्थित हाजमा टोल नजिक रेल्वे लाइन छेउबाट मानसिक रूपमा अस्वस्थ र बेसहारा अवस्थामा भेटिएकी एक वृद्ध महिलाको उद्धार गरेका थिए । राति करिब ११:३५ बजे गस्तीका क्रममा उनले झाडीमा लुकेर बसेकी ती महिलालाई देखेपछि तत्काल उद्धार अभियान सुरु गरेका थिए ।

सशस्त्र सीमा बल (एसएसबी) को मानव तस्करी विरोधी इकाइका इन्चार्जसमेत रहेका शर्माले टोलीलाई बोलाई महिलालाई सुरक्षित रूपमा उद्धार गरी ‘माहेर ममता निवास’ रक्सौलमा आश्रय दिलाएका थिए । त्यसपछि उनको उपचार डंकन अस्पतालमा निरन्तर गराइएको थियो ।

लामो समयको उपचार र हेरचाहपछि महिलाको स्वास्थ्यमा सुधार आएको र बिस्तारै स्मरणशक्ति पनि फर्किएको थियो । त्यसपछि उनले आफ्नो घर क्षेत्र र नजिकको प्रहरी थानाबारे जानकारी दिएपछि सम्बन्धित निकायमार्फत परिवारसँग सम्पर्क स्थापित गरिएको थियो ।

परिवारका अनुसार उनीहरूको आमा अप्रिल २०२४ मा खेतबाट फर्कने क्रममा हराएकी थिइन् । लामो खोजीपछि पनि कुनै पत्ता नलाग्दा परिवार निराश बनेको थियो ।

०५ अप्रिल २०२६ मा हरैया थाना प्रमुख किशन पासवानको उपस्थितिमा ती महिलालाई उनका दाजु जयपाल गोंडलाई औपचारिक रूपमा जिम्मा लगाइएको थियो । त्यसपछि उनी मध्यप्रदेशको अनूपपुर जिल्लास्थित आफ्नै गाउँ फर्किएकी छन् ।

करिब दुई वर्षपछि आमालाई सकुशल भेट्दा परिवारका सदस्य भावुक बनेका थिए । उनीहरूले उद्धारमा संलग्न सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरेका छन् ।

उक्त मानवीय कार्यमा इन्स्पेक्टर मनोज कुमार शर्मा, उपनिरीक्षक अनिल कुमार शर्मा, कन्स्टेबलहरू जितेन्द्र, टिनु कुमारी, पिंकी कुमारी तथा माहेर ममता निवासका बीरेन्द्र कुमारसहितको टोलीको महत्वपूर्ण भूमिका रहेको थियो ।

यो घटना केवल उद्धार अभियान मात्र नभई कर्तव्यनिष्ठा, संवेदनशीलता र मानवताको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...