Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

प्रहरीकाे धरपकडविरुद्ध लेखापढी व्यवसायी आन्दोलित, पर्सामा अनिश्चितकालीन हडताल

spot_img
spot_img

वीरगंज । मालपोत कार्यालयबाट बिचौलियाको आरोपमा प्रहरीले लेखापढी व्यवसायीहरूलाई पक्राउ गर्न थालेपछि पर्सामा उनीहरू आन्दोलनमा उत्रिएका छन्। जिल्लाका लेखापढी व्यवसायीहरूले सोमबारदेखि अनिश्चितकालीन हडताल सुरु गरेका हुन्।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालय परिसरमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरू हडतालमा सहभागी भएका छन् । एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्रप्रसाद यादवका अनुसार आइतबार बसेको बैठकको निर्णयअनुसार आन्दोलन सुरु गरिएको हो ।

गत शुक्रबार प्रहरीले पोखरिया मालपोत कार्यालयबाट बिचौलियाको आरोपमा तीन जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको थियो । सो घटनापछि व्यवसायीहरू आक्रोशित बनेका हुन्।

अध्यक्ष यादवले लेखापढी व्यवसायीहरूलाई विनाकारण कार्यालय परिसरभित्र र बाहिरबाट समेत धरपकड तथा पक्राउ गरिएको आरोप लगाए । उनले नेपाल सरकारको नियमअनुसार भू–सेवा केन्द्र सञ्चालनको अनुमति लिएर वैधानिक रूपमा काम गरिरहेका व्यवसायीहरूमाथि विभिन्न बहाना बनाई कारबाही गरिनु खेदजनक भएको बताए।

उनले विभिन्न जिल्लाबाट पक्राउ गरिएका लेखापढी व्यवसायीहरूलाई तत्काल रिहा गर्न मागसमेत गरेका छन् । पर्सा जिल्लामा भू–सेवा केन्द्र सञ्चालनको इजाजतपत्र लिएका १२१ जना तथा चार सयभन्दा बढी लेखापढी व्यवसायी कार्यरत रहेका छन्।

हडतालका कारण सेवाग्राहीहरू मारमा परेका छन् भने मालपोत लगायतका कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...