Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्सामा बिचौलिया विरुद्ध प्रशासनकाे कडा चेतावनी

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सबै सरकारी कार्यालयहरूलाई बिचौलिया मुक्त सेवा सुनिश्चित गर्न कडा निर्देशन जारी गरेको छ।

आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत प्रशासनले सरकारी सेवा छिटो, सरल, सहज र पारदर्शी रूपमा उपलब्ध गराउन सबै कार्यालयलाई औपचारिक रूपमा आग्रह गरेको हो।

प्रशासकीय अधिकृत रेखा कुमारीका अनुसार प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएका सेवाहरू हाल नियमित र सहज ढंगले सञ्चालन भइरहेका छन् । उनले कार्यालय परिसरभित्र मात्र नभई वरपर समेत बिचौलिया गतिविधि देखिए तत्काल कडा कारबाही गरिने चेतावनी दिएकी छन् ।

अधिकृत रेखाले बिचौलियाहरूले सेवाग्राहीलाई सहयोग र सहजीकरणको नाममा गैरकानुनी रूपमा रकम असुल्ने कार्य रोक्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्। विज्ञप्तिमा उल्लेख छ, “यस कार्यालय तथा जिल्लास्थित कुनै पनि कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग वा सहजीकरणको नाममा गैरकानुनी रूपमा रकम असुल्ने जो कोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिनेछ।”

प्रशासनको यस कदमले जिल्लामा सरकारी सेवामा देखिएको बिचौलियाको प्रवृत्ति अन्त्य हुने र सेवाग्राहीले प्रत्यक्ष तथा सरल सेवा पाउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...