Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

नेशनल मेडिकल कलेजमा ‘स्पोर्ट्स वीक २०८२’ सुरु, पहिलाे दिन विद्यार्थी–शिक्षकबीच मैत्रीपूर्ण खेल

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजना गरिएको ‘स्पोर्ट्स वीक २०८२’ अन्तर्गत उद्घाटन कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको छ।

 कार्यक्रम नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षतामा सम्पन्न भएको हो भने कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले उद्घाटन गरेका थिए।

उक्त कार्यक्रममा एडमिशन तथा मार्केटिङ निर्देशक अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इश्रत जहाँ अन्सारी, उप-प्राचार्य डा. रवि शंकर गुप्ता, डेन्टल उप-प्राचार्य प्रा. डा. सरोज देव, नर्सिङ निर्देशक प्रा. गंगा गुरुङ तथा नर्सिङ क्याम्पसकी उप-प्राचार्य प्रा. बबिता सिंह लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्पोर्ट्स चेयरपर्सन प्रा. डा. आनन्द कुमार चौरेसिया, सदस्य सचिव जाफ्रे आलम अन्सारी तथा स्पोर्ट्स को-अर्डिनेटर मोहम्मद फिरोजले सक्रिय भूमिका निर्वाह गरेका थिए। साथै मधेश प्रदेशका राष्ट्रिय क्रिकेट टोलीका कप्तान हाशिम अन्सारीको विशेष उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

उद्घाटन अवसरमा विभिन्न संकायका विद्यार्थीहरूले आकर्षक मार्चपास्ट प्रस्तुत गरेका थिए। स्वयंसेवकहरूलाई खेल सामग्री वितरण गर्नुका साथै बलुन उडाएर कार्यक्रमलाई उल्लासमय बनाइएको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा विद्यार्थी र शिक्षकबीच मैत्रीपूर्ण उद्घाटन खेल सम्पन्न भएको थियो, जसले सम्पूर्ण वातावरणलाई ऊर्जा र उत्साहले भरिपूर्ण बनाएको थियो। कार्यक्रममा आईटी, मार्केटिङ, प्रशासन तथा सञ्चारकर्मीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

स्पोर्ट्स वीक २०८२ अन्तर्गत आगामी दिनहरूमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिने कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले जानकारी दिएका छन्। कलेज परिसरस्थित फुटबल ग्राउण्डमा सुरु भएको कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...