Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

शनिबार–आइतबार बिदा दिने सरकारकाे निर्णय, कार्यालय समय ९ देखि ५ बजेसम्म

spot_img
spot_img

काठमाडौं । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भोलिदेखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पेट्रोलियम आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो । उनले भोलि अर्थात् चैत २३ गतेदेखि उक्त व्यवस्था लागू हुने जानकारी दिए ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ । ‘शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ,’ प्रवक्ता पोखरेलले बताए ।

सरकारको यो निर्णयले इन्धन खपत घटाउने र सेवा प्रवाहलाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...