Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

मधेशमा शिक्षा सुधारका लागि प्रधानमन्त्रीलाई उमेश कुशवाहाको चार बुँदे सुझाव

spot_img
spot_img

वीरगंज । प्रधानमन्त्री बालेन्द्र शाहलाई मधेश प्रदेशमा शिक्षा सुधारका लागि आम जनता पार्टी मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहाले चार बुँदे सुझाव प्रस्तुत गरेका छन्।

कुशवाहाले मधेश प्रदेशमा उच्च शिक्षाको पहुँच विस्तार गर्न बारा, रौतहट, महोत्तरी र सर्लाहीजस्ता जिल्लाहरूमा कम्तीमा एक–एक वटा आङ्गिक कलेज स्थापना गर्न आग्रह गरेका छन् । साथै, मेडिकल कलेजसहित अन्य प्राविधिक शिक्षाका संस्थाहरूको स्थापना र सञ्चालनमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

त्यसैगरी, प्रदेशमा विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी मिलान गर्न तथा माध्यमिक विद्यालयहरूमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।

कुशवाहाले मधेश प्रदेशको शैक्षिक गुणस्तर सुधार र अवसरको समान पहुँच सुनिश्चित गर्न यी कदमहरू तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...