Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

मधेशमा शिक्षा सुधारका लागि प्रधानमन्त्रीलाई उमेश कुशवाहाको चार बुँदे सुझाव

spot_img
spot_img

वीरगंज । प्रधानमन्त्री बालेन्द्र शाहलाई मधेश प्रदेशमा शिक्षा सुधारका लागि आम जनता पार्टी मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहाले चार बुँदे सुझाव प्रस्तुत गरेका छन्।

कुशवाहाले मधेश प्रदेशमा उच्च शिक्षाको पहुँच विस्तार गर्न बारा, रौतहट, महोत्तरी र सर्लाहीजस्ता जिल्लाहरूमा कम्तीमा एक–एक वटा आङ्गिक कलेज स्थापना गर्न आग्रह गरेका छन् । साथै, मेडिकल कलेजसहित अन्य प्राविधिक शिक्षाका संस्थाहरूको स्थापना र सञ्चालनमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

त्यसैगरी, प्रदेशमा विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी मिलान गर्न तथा माध्यमिक विद्यालयहरूमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।

कुशवाहाले मधेश प्रदेशको शैक्षिक गुणस्तर सुधार र अवसरको समान पहुँच सुनिश्चित गर्न यी कदमहरू तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...

मधेश प्रदेश : छ वर्षमा २८ हजार ८३ भवन निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ । यसमा...

सडक निर्माण नगरी नक्कली बिलबाट रकम हिनामिना गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा

वीरगंज । सडक निर्माण नै नगरी नक्कली बिल बनाएर रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...