Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

नेशनल मेडिकल कलेजको हेल्थ म्याराथन सम्पन्न, विजेताहरू सम्मानित

spot_img
spot_img

वीरगंज नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा “Run for Health, Run for Life” नारासहित आयोजना गरिएको हेल्थ म्याराथन कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम स्पोर्ट्स वीक २०८२ अन्तर्गत आयोजना गरिएको हो।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अनिल श्रेष्ठ प्रथम, स्यामसन श्रीस द्वितीय तथा सन्जु सिंह बस्नेत तृतीय भए। महिलातर्फ बिपना प्रथम, अलिशा खातिन द्वितीय र करुणा तृतीय स्थान हासिल गरे।

यसैगरी फ्याकल्टीतर्फ डा. प्रशान्त ठाकुर प्रथम, डा. विशाल द्वितीय तथा डा. आदित्य राज तृतीय भए भने स्टाफतर्फ सगीर हुसैन प्रथम, सञ्जय द्वितीय र धनञ्जय मण्डल तृतीय भए।

स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथनमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम बिहान ६:३० बजे सुरु भई ७:०० बजे औपचारिक रूपमा फ्ल्याग अफ गरिएको थियो।

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीको अध्यक्षता तथा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका गणपति एसपी मोहनबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आर्मी ब्यारेक वीरगञ्जका प्रमुख लोकेन्द्र कार्की र पर्सा खेलकुद विकास समितिका रेफ्री विशेष्वर पटेललगायतको सहभागिता रहेको थियो।

त्यसैगरी एडमिशन अफेयर्स एण्ड मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरीलगायतको उपस्थिति रहेको थियो।

म्याराथनलाई सुरक्षित र व्यवस्थित बनाउन राष्ट्रिय एथलेटिक्स प्रशिक्षक विशेष्वर पटेलले वार्मअप तथा सुरक्षा निर्देशन दिएका थिए। सहभागीहरूको सुरक्षालाई प्राथमिकता दिँदै एस्कर्ट टोली, ट्राफिक समन्वय तथा एम्बुलेन्स सेवा (चलायमान र स्ट्यान्डबाइ) को प्रभावकारी व्यवस्था गरिएको थियो।

म्याराथन मार्गका विभिन्न स्थानमा स्थापना गरिएका सहायता केन्द्रहरूबाट सहभागीहरूलाई प्राथमिक उपचार, पानी तथा आवश्यक सहयोग उपलब्ध गराइएको आयोजकले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...