Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

वीरगंजमा दृष्टिविहीन खेलाडीको क्षमता विकासका लागि ५ दिने क्रिकेट प्रशिक्षण सुरु

spot_img
spot_img

वीरगंज । दृष्टि सम्बन्धी अपाङ्गता भएका खेलाडीहरूको क्षमता विकास गर्ने उद्देश्यले मधेश प्रदेश नेत्रहीन क्रिकेट संघले पाँच दिने क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। कार्यक्रम राउन्ड टेबल नेपालको सहयोगमा वीरगञ्ज महानगरपालिका–५ स्थित मुनलाइट स्कुलमा शुक्रबारदेखि सुरु भएको हो।

पर्वत, तनहुँ, चितवन, गोरखा, पर्सा लगायत देशका १२ जिल्लाबाट आएका २० जना दृष्टिविहीन खेलाडी प्रशिक्षणमा सहभागी छन्। कार्यक्रम आइज नेपाल पर्साकी कोषाध्यक्ष रुपशिला जैसवालको अध्यक्षतामा तथा राउन्ड टेबल नेपाल BFRT 8 का अध्यक्ष दीपक कुमार अग्रवालको प्रमुख आतिथ्यमा सञ्चालन भएको हो।

कार्यक्रममा बोल्दै अग्रवालले राउन्ड टेबल नेपालले सधैं विपन्न र असहाय वर्गको सेवा गर्दै आएको उल्लेख गर्दै दृष्टिविहीन खेलाडीहरूको प्रतिभा विकासमा सानो योगदान गर्न पाएकोमा गर्व व्यक्त गरे। उनले मेहनत र लगनशीलताले सफलता निश्चित हुने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा कञ्चनजंघा स्कुलका निर्देशक मार्टिन मोक्तान, बीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सराफ, राउन्ड टेबलका मोहित राजपाल लगायतको उपस्थिति रहेको थियो। अन्तर्राष्ट्रिय खेलाडी मनकेशी चौधरीले अतिथिहरूलाई खादा लगाएर स्वागत गरेकी थिइन्। स्वागत मन्तव्य आइज नेपाल पर्साका सचिव उदित कुमार साहले राखे भने कार्यक्रम सञ्चालन मधेश प्रदेश नेत्रहीन क्रिकेट संघका अध्यक्ष तथा आइज नेपाल अध्यक्ष महेश साहले गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...