Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

छिपहरमाईकाे प्रमुख प्रशासकीय अधिकृतमा संजीव साह

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७८ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गर्ने क्रममा छिपहरमाई गाउँपालिकामा पनि नयाँ अधिकृत खटाएको हो।

मन्त्रालयको बिहीबारको निर्णयअनुसार हरिपुर्वा नगरपालिकामा कार्यरत संजीव साहलाई छिपहरमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएको छ । यसअघि सो पदमा कादिर बाबु देवान कार्यरत थिए ।

मन्त्रालयका अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह अन्तर्गतका राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत वा सो सरह) कर्मचारीहरूलाई रिक्त रहेका स्थानीय तहहरूमा खटाइएको हो । जिम्मेवारीमा खटाइएका अधिकांश कर्मचारी यसअघि विभिन्न मन्त्रालयमा कार्यरत थिए।

नयाँ सरकार गठनसँगै रिक्त रहेका स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत पठाउने क्रम तीव्र बनाइएको छ । प्रतिभा रावल ले यसअघि विभिन्न जिल्लाका समन्वय समिति तथा नगरपालिकाहरूमा ६३ जना प्रमुख प्रशासकीय अधिकृत खटाइसकेको मन्त्रालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए विशेषज्ञ सेवा

बारा । कोल्हवी नगरपालिकाको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा...

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...