Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

जिराभवानी र विकासशील भेट्रान्स सिमरा फाइनलमा भिड्ने

spot_img
spot_img

सेढवा । वीरगंज महानगरपालिकामा जारी “वरिष्ठ प्रशिक्षक हरि बहादुर श्रेष्ठ स्मृति (८ ‘ए’ साइड) भेट्रान्स फुटबल कप २०८२” को फाइनलमा जिराभवानी भेट्रान्स र विकासशील भेट्रान्स सिमराबीच प्रतिस्पर्धा हुने भएको छ।

बिहीबार सम्पन्न सेमिफाइनल खेलमा जिराभवानी भेट्रान्सले युनिटी भेट्रान्स वीरगंजलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। यसअघि विकासशील भेट्रान्स सिमराले पनि आफ्नो सेमिफाइनल खेल जित्दै उपाधि नजिक पुगेको थियो।

बजरंगी युवा क्लब, सिरिसिया (वीरगंज–२५) को आयोजनामा चैत १३ गतेदेखि सुरु भएको प्रतियोगिता चैत २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ। प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो।

समूह ‘ए’ मा वीरगंज युथ एकेडेमी, विकासशील भेट्रान्स, पथलैया भेट्रान्स, वीरगंज सिटी भेट्रान्स र बकुलिया भेट्रान्स रहेका थिए भने समूह ‘बी’ मा युनिटी भेट्रान्स क्लब, NJJVC भेट्रान्स, जिराभवानी भेट्रान्स, सिमरा भेट्रान्स र भेट्रान्स सिटी क्लब सहभागी थिए।

स्थानीय स्तरमा खेलकुदको विकास तथा भेट्रान्स खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताका विजेताले नगद २० हजार रुपैयाँ तथा उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक समितिका सदस्य पंकज कुमारले जानकारी दिएका छन्।

प्रतियोगिताको फाइनल खेल चैत २१ गते शनिबार आयोजना हुने छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...