Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

तर्साएर होइन, सहकार्य र संवादबाट राजस्व वृद्धि गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

spot_img
spot_img

वीरगंज । अर्थमन्त्री स्वर्णिम वाग्ले ले वीरगन्ज भन्सार कार्यालयका कर्मचारीहरूलाई राजस्व लक्ष्यभन्दा बढी संकलन गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ। शुक्रबार वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गर्दै उहाँले दबाब र धरपकडभन्दा संवादमार्फत राजस्व उठाउन जोड दिनुभयो।

उहाँले लक्ष्यअनुसार राजस्व उठाउने क्रममा उद्योगी–व्यवसायीहरूलाई अनावश्यक दबाब नदिन आग्रह गर्दै फकाएर र सहकार्यको वातावरण सिर्जना गरेर राजस्व संकलन बढाउनुपर्ने बताउनुभयो। “छापा मार्ने र धम्क्याउनेभन्दा पनि संवादबाटै राजस्व उठाउनेतर्फ अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।

अर्थमन्त्री वाग्लेले भन्सारमा घुस लेनदेनसम्बन्धी गुनासाहरू आएको उल्लेख गर्दै त्यस्ता गतिविधि अन्त्य गर्न कडाइका साथ अघि बढ्ने चेतावनी दिनुभयो। उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई हतोत्साहित गर्ने नीति अवलम्बन गरिने स्पष्ट पार्नुभयो।

“सरकारको माथिल्लो तहबाटै सदाचारको नीति लागू भइरहेको छ, त्यसलाई तल्लो तहसम्म कार्यान्वयन गर्न आवश्यक छ,” उहाँले भन्नुभयो। साथै, बजार अनुगमनको नाममा हुने दुरुप्रयोगप्रति पनि सचेत रहन कर्मचारीहरूलाई आग्रह गर्नुभयो।

उहाँले कडाइ गरेर अल्पकालीन रूपमा राजस्व बढाउन सकिए पनि त्यसले दीर्घकालीन रूपमा उद्योगी–व्यवसायीलाई हतोत्साहित गर्ने बताउँदै स्थायी समाधानका लागि सहकार्य र विश्वासको वातावरण आवश्यक रहेको धारणा राख्नुभयो।

अन्त्यमा, अर्थमन्त्री वाग्लेले भ्रष्टाचारमा संलग्न समूह र व्यक्तिविरुद्ध राज्य निर्मम ढंगले प्रस्तुत हुने चेतावनी दिँदै वर्तमान समयमा पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...