Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

तर्साएर होइन, सहकार्य र संवादबाट राजस्व वृद्धि गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

spot_img
spot_img

वीरगंज । अर्थमन्त्री स्वर्णिम वाग्ले ले वीरगन्ज भन्सार कार्यालयका कर्मचारीहरूलाई राजस्व लक्ष्यभन्दा बढी संकलन गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ। शुक्रबार वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गर्दै उहाँले दबाब र धरपकडभन्दा संवादमार्फत राजस्व उठाउन जोड दिनुभयो।

उहाँले लक्ष्यअनुसार राजस्व उठाउने क्रममा उद्योगी–व्यवसायीहरूलाई अनावश्यक दबाब नदिन आग्रह गर्दै फकाएर र सहकार्यको वातावरण सिर्जना गरेर राजस्व संकलन बढाउनुपर्ने बताउनुभयो। “छापा मार्ने र धम्क्याउनेभन्दा पनि संवादबाटै राजस्व उठाउनेतर्फ अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।

अर्थमन्त्री वाग्लेले भन्सारमा घुस लेनदेनसम्बन्धी गुनासाहरू आएको उल्लेख गर्दै त्यस्ता गतिविधि अन्त्य गर्न कडाइका साथ अघि बढ्ने चेतावनी दिनुभयो। उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई हतोत्साहित गर्ने नीति अवलम्बन गरिने स्पष्ट पार्नुभयो।

“सरकारको माथिल्लो तहबाटै सदाचारको नीति लागू भइरहेको छ, त्यसलाई तल्लो तहसम्म कार्यान्वयन गर्न आवश्यक छ,” उहाँले भन्नुभयो। साथै, बजार अनुगमनको नाममा हुने दुरुप्रयोगप्रति पनि सचेत रहन कर्मचारीहरूलाई आग्रह गर्नुभयो।

उहाँले कडाइ गरेर अल्पकालीन रूपमा राजस्व बढाउन सकिए पनि त्यसले दीर्घकालीन रूपमा उद्योगी–व्यवसायीलाई हतोत्साहित गर्ने बताउँदै स्थायी समाधानका लागि सहकार्य र विश्वासको वातावरण आवश्यक रहेको धारणा राख्नुभयो।

अन्त्यमा, अर्थमन्त्री वाग्लेले भ्रष्टाचारमा संलग्न समूह र व्यक्तिविरुद्ध राज्य निर्मम ढंगले प्रस्तुत हुने चेतावनी दिँदै वर्तमान समयमा पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...