Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

छात्रामाथि अनैतिक दबाब दिएको आरोपमा मधेश विश्वविद्यालयका कर्मचारी पक्राउ

spot_img
spot_img

वीरगंज । मधेस विश्वविद्यालयमा कार्यरत एक कर्मचारी छात्रामाथि अनैतिक सम्बन्ध स्थापना गर्न दबाब दिएको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार विश्वविद्यालयका छैठाे तहका अधिकृत मोहम्मद राजु राउत गद्दीले एक छात्रालाई सुरुमा सहयोग गर्ने बहानामा नजिकिएर पछि फोन तथा सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउँदै मानसिक दबाब सिर्जना गरेका थिए। उनले प्रस्ताव अस्वीकार गरेमा परीक्षामा अङ्क घटाउने र स्वीकार गरेमा विभिन्न सुविधा दिने प्रलोभन दिएको आरोप छ।

पीडित छात्राले दिएको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय पर्सामा चैत १४ गते उजुरी दर्ता भएको थियो। उजुरीपछि फरार रहेका आरोपित गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले खोजतलास गरी नियन्त्रणमा लिएको हो।

प्रहरी प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतले आरोपितमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । साथै, अन्य छात्राहरू पनि पीडित भएको हुन सक्ने आशङ्का गरिएको छ।

यसैबिच घटनाप्रति विश्वविद्यालय प्रशासनले गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ । उपकुलपति दीपक बहादुर शाक्य द्वारा जारी विज्ञप्तिमा हालसम्म औपचारिक लिखित गुनासो प्राप्त नभए पनि सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर चासो व्यक्त गरिएको उल्लेख छ ।

आरोपितको कार्य कानुनविपरीत र पदीय जिम्मेवारीका हिसाबले गम्भीर देखिएको भन्दै निष्पक्ष अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...