Date
बुध, साउन २०, २०८३
Wed, August 5, 2026

राजस्व हिनामिना प्रकरण: पर्साका पूर्व मालपोत अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

spot_img
spot_img

वीरगंज । करिब २ करोड ९३ लाख रुपैयाँ राजस्व हिनामिनाको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पर्साका तत्कालीन मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आर्थिक वर्ष २०७०/७१ मा ठूलो परिमाणमा राजस्व हिनामिना भएको निष्कर्षसहित विशेष अदालत काठमाडौं मा मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरिएका व्यक्तिहरूमा तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदम अर्याल, सुरेन्द्र प्रसाद कुर्मी तथा तत्कालीन नायब सुब्बा स्वर्गीय किरण उपाध्यायका अंशियार छोराहरू राजकिशोर उपाध्यायगौतम उपाध्याय रहेका छन्।

अनुसन्धानका क्रममा रजिष्ट्रेशन शाखा ‘ग’ बाट एउटै नम्बर प्रयोग गरी दोहोरो तथा तेहेरो रजिष्ट्रेशन नम्बर राखी एकभन्दा बढी लिखत पारित गरिएको पाइएको छ। दर्ता किताबमा एउटै नम्बरका लिखतहरू प्रविष्ट गरिए पनि राजस्व रसिदको तुलना गर्दा कम रकम देखाइएका लिखत मात्र पेश गरिएको र बढी राजस्व लाग्ने लिखतहरू लुकाइएको भेटिएको आयोगले जनाएको छ।

त्यस्तै, केही लिखतबाट प्राप्त राजस्व बैंक दाखिला गरिए पनि उच्च राजस्व भएका लिखतहरू दर्ता किताबमा समावेश नगरी रकम हिनामिना गरिएको अनुसन्धानबाट खुलेको छ। आन्तरिक तथा अन्तिम लेखापरीक्षणसमेत नगरी उक्त अनियमितता गरिएको पाइएको छ।

अनुसन्धान अनुसार उक्त आर्थिक वर्षमा कुल २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बराबरको राजस्व हिनामिना भएको ठहर गरिएको छ। संलग्न कर्मचारीहरूलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै आयोगले मुद्दा दायर गरेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...