Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

सांसद हरि पन्तद्वारा सिर्सिया नदी, मल र क्यासिनोबारे प्रधानमन्त्री समक्ष ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का सांसद हरि पन्तले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बालेन्द्र शाह समक्ष पर्सा क्षेत्रसँग सम्बन्धित विभिन्न गम्भीर समस्याहरू उठान गरेका छन्।

मधेस प्रदेशका सांसदहरू र प्रधानमन्त्रीबीच आज भएको भेटघाटका क्रममा सांसद पन्तले विशेषगरी सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रणका लागि अधिकार सम्पन्न समिति गठन गरी निश्चित समयसीमा तोकी समस्या समाधान गर्न आग्रह गरेका थिए।

यसैगरी उनले किसानहरूले समयमै आवश्यक मात्रामा मल नपाउने समस्यालाई गम्भीर रूपमा उठाउँदै सरकारले कुनै पनि हालतमा मल आपूर्ति सुनिश्चित गर्नुपर्ने बताए।

सांसद पन्तले वीरगंजका क्यासिनोहरूको विषयमा समेत ध्यानाकर्षण गराउँदै अधिकांश क्यासिनोहरूले नेपाली नागरिकलाई अवैध रूपमा प्रवेश गराई आर्थिक शोषण भइरहेको आरोप लगाए। उनले यस विषयमा प्रहरी प्रशासन मौन बसेको पनि गुनासो गरेका थिए।

त्यसैगरी वीरगंज महानगरपालिका ले विभिन्न स्थानमा ढाट राखेर अवैध रूपमा असुली गरिरहेको विषय पनि उनले उठान गरे। यस विषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबीच जिम्मेवारी पन्छाउने प्रवृत्ति देखिएको गुनासो समेत उनले प्रधानमन्त्रीसमक्ष राखेका थिए।

सबै विषय सुनेपछि प्रधानमन्त्री बालेन्द्र शाह ले तत्काल प्रहरी महानिरीक्षक र गृह सचिवलाई आवश्यक निर्देशन दिने बताएका छन्। साथै उनले जनप्रतिनिधिले उठाएका जायज मागहरू जिल्लाका प्रशासन र सुरक्षा निकायले बेवास्ता गर्न नमिल्ने स्पष्ट पारे।

भेटघाटमा श्रम मन्त्री दिपक साह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह लगायत मधेस प्रदेशका अन्य सांसदहरूको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...