Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्सा प्रशासनमा सुधारको पहल : ‘एकद्वार प्रणाली’ मार्फत सेवा छिटो र सहज बनाइने

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीले भोग्दै आएको ढिलासुस्ती, जटिल प्रक्रिया तथा अनावश्यक झन्झट अन्त्य गर्ने उद्देश्यसहित सुधारको पहल सुरु गरिएको छ। जनप्रतिनिधिको सक्रिय चासोसँगै सेवा प्रवाहलाई सरल, छिटो र प्रभावकारी बनाउने तयारी अघि बढाइएको प्रशासनले जनाएको छ।

प्रतिनिधिसभा सदस्य हरि पन्त र सुशील कुमार कानुले हालै जिल्ला प्रशासन कार्यालयको अनुगमन गर्दै सेवा प्रवाहको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए । अनुगमनका क्रममा सेवाग्राहीहरूले एउटै कामका लागि विभिन्न कोठा धाउनुपर्ने, लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने तथा प्रक्रिया अत्यधिक जटिल रहेको गुनासो व्यापक रूपमा राखेका थिए।

उक्त समस्यालाई प्राथमिकतामा राख्दै सांसदद्वयले प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग छलफल गरी तत्काल सुधारका उपायबारे ध्यानाकर्षण गराएका छन् । छलफलका क्रममा प्रजिअ दाहालले सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउन ‘एकद्वार प्रणाली’ लागू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार उक्त प्रणाली कार्यान्वयनमा आएपछि सेवाग्राहीले एकै स्थानबाट आवश्यक सेवा प्राप्त गर्न सक्नेछन्। यसले अनावश्यक दौडधूप, समयको दुरुपयोग तथा बिचौलियाको प्रभावलाई न्यून गर्ने विश्वास गरिएको छ।

अनुगमनपछि सांसदद्वयले सरकारी सेवा प्रवाहमा सुधार अपरिहार्य रहेको उल्लेख गर्दै नागरिकले सम्मानजनक र सहज रूपमा सेवा पाउनु लोकतान्त्रिक शासनको मूल मर्म भएको बताएका छन्।

प्रशासनले अघि सारेको सुधारात्मक पहल प्रभावकारी रूपमा कार्यान्वयन भएमा पर्सावासीले निकट भविष्यमै झन्झटमुक्त, छिटो तथा व्यवस्थित सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...