Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्सामा जेन जेड युथ फोर्सको सक्रियता बढ्दो, संगठन विस्तार र भ्रष्टाचारविरुद्ध अभियानको घोषणा

spot_img
spot_img

वीरगंज । विशेष साहको नेतृत्वमा जेन जेड युथ फोर्स पर्साको बैठक मंगलबार वीरगंजमा सम्पन्न भएको छ। बैठकमा पर्सा जिल्लाका विभिन्न वडा तथा स्थानीय तहबाट सयौं युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बैठकमा संगठनलाई थप सशक्त बनाउने, युवा नेतृत्व विकासलाई प्राथमिकता दिने तथा युवाहरूको सहभागिता विस्तार गर्ने विषयमा व्यापक छलफल गरिएको थियो । सहभागीहरूले संगठनलाई टोलदेखि जिल्ला तहसम्म मजबुत बनाउने रणनीतिमा जोड दिएका छन्।

छलफलका क्रममा छिट्टै टोल, वडा, पालिका, महानगर तथा जिल्ला स्तरमा समिति गठन गर्ने निर्णय गरिएको छ । साथै, संगठनमा थप युवाहरूलाई आबद्ध गर्ने, भ्रष्टाचारविरुद्ध सक्रिय अभियान सञ्चालन गर्ने तथा विभिन्न सामाजिक कार्यहरू अगाडि बढाउने योजना समेत तय गरिएको छ।

कार्यक्रममा सहभागी युवाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजक पक्षले आगामी दिनहरूमा संगठनलाई अझ प्रभावकारी र सशक्त बनाउँदै लैजाने विश्वास व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...