Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जगरनाथपुर गाउँपालिकामा शिक्षा सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाको आयोजनामा सोमबार “विद्यालयहरूका विद्यार्थी, कर्मचारी तथा अभिभावकहरूको समस्या समाधान, रणनीति, सल्लाह, चुनौती तथा क्षमता अभिवृद्धि कार्यक्रम” सम्पन्न भएको छ।

श्री ने.रा.नि. मा.वि. सुहपुरमा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले विद्यालय शिक्षामा देखिएका समस्याहरू, चुनौतीहरू तथा तिनका समाधानका उपायबारे खुला रूपमा आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न यस्ता अन्तरक्रिया कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताए। उनले शिक्षामा देखिएका विद्यमान समस्या र चुनौतीहरूको पहिचान गर्दै दीर्घकालीन समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे।

“यहाँहरूबाट प्राप्त अमूल्य सुझाव, सल्लाह र सहयोगले आगामी दिनमा अझ प्रभावकारी योजना तथा कार्यक्रम निर्माण गर्न महत्वपूर्ण आधार प्रदान गरेको छ,” अध्यक्ष यादवले भने।

उनले विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न गाउँपालिका, विद्यालय, अभिभावक र समुदायबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिँदै सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे।

कार्यक्रममा सहभागीहरूले शिक्षण सिकाइ प्रक्रिया सुधार, भौतिक पूर्वाधार सुदृढीकरण, शिक्षकहरूको क्षमता विकास तथा अभिभावकको सक्रिय भूमिकाबारे विभिन्न सुझाव प्रस्तुत गरेका थिए।

गाउँपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा क्षेत्रको समग्र विकासमा थप पहल गर्ने प्रतिबद्धता जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...