Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

जगरनाथपुर गाउँपालिकामा शिक्षा सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाको आयोजनामा सोमबार “विद्यालयहरूका विद्यार्थी, कर्मचारी तथा अभिभावकहरूको समस्या समाधान, रणनीति, सल्लाह, चुनौती तथा क्षमता अभिवृद्धि कार्यक्रम” सम्पन्न भएको छ।

श्री ने.रा.नि. मा.वि. सुहपुरमा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले विद्यालय शिक्षामा देखिएका समस्याहरू, चुनौतीहरू तथा तिनका समाधानका उपायबारे खुला रूपमा आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न यस्ता अन्तरक्रिया कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताए। उनले शिक्षामा देखिएका विद्यमान समस्या र चुनौतीहरूको पहिचान गर्दै दीर्घकालीन समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे।

“यहाँहरूबाट प्राप्त अमूल्य सुझाव, सल्लाह र सहयोगले आगामी दिनमा अझ प्रभावकारी योजना तथा कार्यक्रम निर्माण गर्न महत्वपूर्ण आधार प्रदान गरेको छ,” अध्यक्ष यादवले भने।

उनले विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न गाउँपालिका, विद्यालय, अभिभावक र समुदायबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिँदै सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे।

कार्यक्रममा सहभागीहरूले शिक्षण सिकाइ प्रक्रिया सुधार, भौतिक पूर्वाधार सुदृढीकरण, शिक्षकहरूको क्षमता विकास तथा अभिभावकको सक्रिय भूमिकाबारे विभिन्न सुझाव प्रस्तुत गरेका थिए।

गाउँपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा क्षेत्रको समग्र विकासमा थप पहल गर्ने प्रतिबद्धता जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...