Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

spot_img
spot_img

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

न्यायाधीश आनन्दप्रसाद श्रेष्ठ को इजलासले आज उक्त म्याद थपको अनुमति दिएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराई ले जानकारी दिएका छन्।

अदालतको आदेशमा प्रतिवादीहरूको बयान लिन, बुझ्नुपर्ने व्यक्तिहरूसँग सोधपुछ गर्न तथा मिति २०८२/०५/२३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन अध्ययन–विश्लेषण गर्न आवश्यक देखिएकाले प्रहरी हिरासतमा राख्न अनुमति दिइएको उल्लेख गरिएको छ। सोही आधारमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (६) बमोजिम पाँच दिनको म्याद थप गरिएको हो।

यसअघि सरकारी वकिलले दुवै नेतालाई १० दिन हिरासतमा राख्न माग गरेको थियो।

अदालतले अध्यक्ष ओली अस्वस्थ भई उपचाररत रहेको उल्लेख गर्दै आवश्यक र प्रभावकारी उपचारको व्यवस्था गर्न पनि आदेश दिएको छ। हाल उनी त्रिवि शिक्षण अस्पतालमार्फत ‘भर्चुअल’ रूपमा उपस्थित भएका थिए भने नेता लेखक स्वयं अदालतमा उपस्थित भएका थिए।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का बेला ओली प्रधानमन्त्री तथा लेखक गृहमन्त्री थिए। सो आन्दोलनका क्रममा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले दुवै नेताविरुद्ध फौजदारी मुद्दा अघि बढाउन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा शनिबार बिहान पक्राउ गरिएको हो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा १०० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय...

जगरनाथपुर गाउँपालिकाले बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने

वीरगंज । रसुवा र नुवाकोटमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, व्यवस्थापन तथा पुनर्निर्माणका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग...

‘८४ मा महिला पहिला’ विषयमा प्यानल छलफल गर्दै मध्य नेपालकाे ११औँ वार्षिकोत्सव सम्पन्न

वीरगंज । वीरगंजबाट प्रकाशित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा ‘२०८४ को निर्वाचनमा महिला पहिला’ विषयक प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको...