Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

प्रधानमन्त्री बालेन्द्रको पुर्ख्यौली गाउँ एकडारामा लड्डु बाँड्दै स्थानीयको खुसी साटासाट

spot_img
spot_img

वीरगंज । महोत्तरीको एकडारा गाउँपालिका–२, एकडारामा पुर्ख्यौली घर भएका प्रधानमन्त्री बालेन्द्र शाहले देशको प्रधानमन्त्री पदको सपथ ग्रहण गरेपछि गाउँमा उत्सवको माहोल छ । स्थानीयवासीहरूले लड्डु वितरण गर्दै खुशी साटिरहेका छन् भने बिहानैदेखि एक अर्कालाई अबिरको टीका लगाउँदै उत्साह व्यक्त गरिरहेका छन्।

देशकै पहिलो मधेशी प्रधानमन्त्री नियुक्त भएकोमा मधेशभर खुशी छाएको छ, र उक्त उत्सवबाट उनको पुर्ख्यौली गाउँ पनि पछि परेको छैन।

प्रधानमन्त्रीका हजुरबुवासँग नाता पर्ने बद्री नारायण साहले गाउँमा खुशीको माहोल रहेको र मिठाई वितरण भइरहेको जानकारी दिए। उनले आगामी पाँच वर्षसम्म प्रधानमन्त्रीले निष्पक्ष ढंगले काम गर्ने अपेक्षा व्यक्त गरे।

यस्तै, प्रधानमन्त्रीका छिमेकी जगत साह पनि मिठाई बाँड्दै भेटिएका छन्। उनले युवा प्रधानमन्त्रीको नेतृत्वमा देशमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्दै विशेषगरी कृषि क्षेत्रमा सुधारको अपेक्षा राखेका छन्। “मधेशको मुख्य पेशा कृषि भएकाले यस क्षेत्रमा आमूल परिवर्तन हुनुपर्छ,” उनले भने।

गाउँका युवाहरूले बिहानैदेखि १५० किलो लड्डु बनाएर वितरण गरिरहेका छन्। स्थानीय विनोद कुमार साहले रातभर जागेर लड्डु तयार पारेको र अहिले सडकमा हिँड्ने सबै यात्रुहरूलाई वितरण भइरहेको बताए।

स्थानीयहरू अत्यन्तै उत्साहित देखिएका छन्। अबिर लगाउनेदेखि लड्डु वितरण र साँझ दीपावली मनाउने कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरूले आफ्नो खुशी व्यक्त गरिरहेका छन्। प्रधानमन्त्रीले पदभार ग्रहण गरेपछि मधेश तथा समग्र देशका जनताको हितमा काम गर्ने अपेक्षा समेत स्थानीयहरूले व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...