Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

गोल्डेन वाटिका विद्यालयद्वारा कक्षा १० का विद्यार्थीलाई विदाई

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–२० हरपतगंजमा रहेको गोल्डेन वाटिका माध्यमिक विद्यालयले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच विदाई गरेको छ । आगामी चैत १९ गतेदेखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन लागेका विद्यार्थीहरुलाई बुधबार औपचारिक रूपमा विदाई गरिएको हो ।

कार्यक्रममा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १० का २५ जना विद्यार्थीहरुलाई विदाई गरेका थिए । कार्यक्रममा सहभागी वक्ताहरुले गोल्डेन वाटिका माध्यमिक विद्यालय महानगरपालिकाका ग्रामीण वडामध्ये उत्कृष्ट विद्यालयको रूपमा परिचित बन्दै गएको बताएका थिए । उनीहरुले विद्यालयको वर्तमान शैक्षिक अवस्था उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा जिल्लाकै नमुना विद्यालयको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

विद्यालयका सहायक प्रधानाध्यापक ई. श्यामबाबु यादवले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिँदै विद्यालयलाई उत्कृष्ट नतिजा दिने शैक्षिक संस्थाको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत तथा संगीतमा आधारित नृत्य प्रस्तुत गरी वातावरणलाई रमाइलो बनाएका थिए । गोल्डेन वाटिका माध्यमिक विद्यालयका निर्देशक लालबाबु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई पर्साका अधिकृत विद्यानन्द यादव, वीरगंज महानगरपालिका–२६ का वडाध्यक्ष शम्भु मिश्र, प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, सदस्य विजय बाल, युवा नेता विक्की सिंह, पत्रकार तिवारी यादव, समाजसेवी अकलु यादव लगायत शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...