Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

समुदायमा सरकारी वकील संवाद : कानुनी सचेतना अभिवृद्धिमा जोड

spot_img
spot_img

वीरगंज । जिल्ला सरकारी वकीलको कार्यालय पर्साको आयोजनामा बुधबार “समुदायमा सरकारी वकील संवाद” कार्यक्रम सम्पन्न भएको छ । वीरगंज–१३ स्थित वीरगंज स्कुल अफ ल. कलेजमा आयोजित कार्यक्रममा सरकारवादी फौजदारी मुद्दासम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा सरकारी वकीलहरूले लागूऔषध (ड्रग्स) सम्बन्धी अपराध, विद्युतीय अपराध तथा साइबर क्राइम, जबरजस्ती करणी, बालविवाह, दाइजो प्रथा लगायतका गम्भीर फौजदारी कसुरहरूबारे जानकारी गराएका थिए । सहभागीहरूलाई यस्ता अपराधको कानुनी दायरा, सजाय व्यवस्था तथा सचेतना आवश्यकताबारे पनि प्रष्ट पारिएको थियो ।

जिल्ला सरकारी वकील कार्यालय पर्साका सूचना अधिकारी तथा सहायक जिल्ला न्यायाधिवक्ता अनन्तराज न्यौपानेका अनुसार कार्यक्रमको उद्देश्य समुदायस्तरमा कानुनी जानकारी विस्तार गरी अपराध न्यूनीकरणमा सहयोग पुर्‍याउनु रहेको हो ।

जिल्ला न्यायाधिवक्ता मनोज प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक न्यायाधिवक्ताहरू अनन्तराज न्यौपाने, महेश अर्याल, वीरगंज स्कुल अफ ल. कलेजका प्रिन्सिपल अधिवक्ता चन्द्रिका पटेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थी, कानुन व्यवसायी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले कानुनी ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...