Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

गहवामाई मन्दिरमा राम नवमीको अवसरमा भव्य महाआरती हुने

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित गहवा माई मन्दिर परिसरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको भव्य महाआरती यस वर्ष पनि विशेष उत्साहका साथ निरन्तरता दिइने भएको छ। मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जन्मोत्सव राम नवमीको अवसर पारेर महाआरतीलाई अझ भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरिएको हो।

गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम कुमार पोखरेल को अध्यक्षतामा शनिबार बसेको बैठकले आगामी चैत्र १३ गते शुक्रबार साँझ ६ बजेदेखि मन्दिरअगाडि भव्य महाआरती आयोजना गर्ने निर्णय गरेको छ।

विगतका वर्षहरूझैँ यस वर्ष पनि श्रद्धापूर्वक कार्यक्रम सम्पन्न गर्न कार्यसमिति सदस्य मुकेश कुमार साह को संयोजकत्वमा विशेष उपसमिति गठन गरिएको छ।

बैठकमा उपाध्यक्ष देवानन्द प्रसाद कलवार, सचिव लक्ष्मी नारायण गुप्ता (पप्पु गुप्ता), कोषाध्यक्ष रविशंकर अग्रवाल तथा अन्य कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो। साथै, विभिन्न आमन्त्रित व्यक्तित्वहरूको उपस्थितिमा राम नवमीका आध्यात्मिक पक्ष तथा मन्दिरको समग्र विकासका विषयमा समेत रचनात्मक छलफल गरिएको जनाइएको छ।

समितिका सचिव लक्ष्मी नारायण गुप्ताले राम नवमीको पावन अवसरमा आयोजना हुने महाआरतीमा सहभागी भई पुण्य आर्जन गर्न सम्पूर्ण वीरगंजवासी तथा श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...