Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

आजपा केन्द्रीय समिति बैठक सम्पन्न: निर्वाचनको समिक्षा, संगठन पुनर्गठनको निर्णय

spot_img
spot_img

वीरगंज । “दलाल दलतन्त्रको भण्डाफोर गरौँ ! सिस्टम सुधारको दिशामा अघि बढौँ !!” भन्ने नारासहित आम जनता पार्टी (आजपा) को केन्द्रीय समितिको बैठक शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको छ।

पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय कार्यालय सदस्य, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो।

बैठकले हालै सम्पन्न निर्वाचन बाहिरबाट शान्तिपूर्ण देखिए पनि यसको स्वच्छता र पारदर्शितामाथि विभिन्न प्रश्नहरू उठेको भन्दै गम्भीर समिक्षा गरेको जनाएको छ। साथै, आम निर्वाचन सम्पन्न भए पनि देशमा राजनीतिक अन्यौलता अझै कायम रहेको निष्कर्ष निकालिएको छ।

बैठकमा जनताको अपेक्षाअनुसार सुशासन, पारदर्शिता र जनपक्षीय नीति सुनिश्चित गर्न आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

आगामी कार्ययोजनाअन्तर्गत निर्वाचनको विस्तृत समिक्षा गर्ने, सम्पूर्ण पार्टी कमिटिहरूको पुनर्गठन गर्ने, नयाँ सरकारलाई गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने तथा पार्टीले अघि सारेका संघर्ष र आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिएको आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले जानकारी दिए।

पार्टीले देशमा सुशासन, न्याय र जनताको अधिकार स्थापित गर्न आफू सदैव प्रतिबद्ध रहने विश्वास व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...