Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

जेन्जी सहिद परिवारलाई भेटेर सपथ लिन हिंडे सांसद पन्त

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले सपथ ग्रहणका लागि काठमाडौं जानुअघि जेन्जी आन्दोलनका सहिद परिवारसँग भेटघाट गरेका छन्।

सोमबार सपथ ग्रहण कार्यक्रममा सहभागी हुनुअघि सांसद पन्तले जेन्जी आन्दोलनका सहिद असाब आलम ठकुराइकी आमा नजला खातुन र भाइ मुराद आलम ठकुराइसँग सहिदको घरमै पुगेर भेट गरेका हुन्।

भेटका क्रममा सांसद पन्तले सहिद प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिदको बलिदानीको उच्च सम्मान गर्नुपर्ने बताए । उनले जेन्जी आन्दोलनकै कारण देशमा परिवर्तन सम्भव भएको उल्लेख गर्दै सहिदहरूको योगदान सधैँ स्मरणीय रहने बताए।

साथै उनले सहिद परिवारबाट एक जनालाई रोजगारी उपलब्ध गराउन अब बन्ने सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । भेटका क्रममा सांसद पन्तले सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान पनि प्रकट गरेका थिए।

जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते कोटेश्वरमा भएको प्रदर्शनका बेला गोली लागेर असाब आलम ठकुराइको घटनास्थलमै मृत्यु भएको थियो। सहिद आलमको परिवारमा श्रीमती, बुबा, आमा तथा भाइहरू रहेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...