Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

महुवन कुटपिट घटनामा राष्ट्रिय दलित आयोगको चासो, पीडित परिवारसँग भेटघाट

spot_img
spot_img

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा दलित समुदायमाथि भएको कुटपिट घटनाप्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ।

आयोगका सदस्य सुन्दर पुर्कुटीको नेतृत्वमा पुगेको टोलीले घटनास्थलमै पुगेर पीडित परिवारसँग भेटघाट गर्दै घटनाबारे जानकारी लिएको हो।

गत फागुन २४ गते साँझ महुवन बजार क्षेत्रमा केही गैरदलित समुदायका व्यक्तिहरूले दलित समुदायमाथि कुटपिट गरेको घटनाको सत्यतथ्य बुझ्न आयोगको टोली त्यहाँ पुगेको बताइएको छ।

उक्त घटनामा स्थानीय मालती देवी राम र उनका ७ वर्षीय भतिज बब्लु कुमार राम घाइते भएका छन्। बब्लुको बायाँ हात भाँचिएको छ भने मालती देवी रामको टाउकोमा चोट लागेर तीन वटा टाँका लगाइएको बताइएको छ।

घटनाको वास्तविकता पत्ता लगाई पीडितलाई न्याय दिलाउन पहल गरिने आयोगले जनाएको छ। टोलीले यसै सन्दर्भमा सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष यशेश्वर प्रसाद यादवसँग पनि छलफल गरेको थियो।

भेटघाटका क्रममा आयोगका सदस्य पुर्कुटीले जातीय आधारमा कुटपिट गर्नु कानुनी अपराध भएको स्पष्ट पार्दै दलित समुदायमाथि हुने यस्ता घटनालाई कुनै पनि हालतमा सह्य गर्न नसकिने बताएका थिए।

टोलीको भेटका क्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, दलित अगुवा मानदेव हजरा, सुरेन्द्र पासवानलगायतको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...