Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

नेशनल मेडिकल कलेजद्वारा पर्सा र बाराका मदरसा तथा यतीमखानालाई कपडा वितरण

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजले पर्सा र बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत कपडा वितरण कार्यक्रम आयोजना गरेको छ।

कलेजले यस कार्यक्रमअन्तर्गत ५१४ जना बालबालिका, ९३ जना शिक्षक र ५ जना महिला कर्मचारी गरी कुल ६१२ जनालाई कपडा वितरण गरेको जनाएको छ। वितरण कार्यक्रम कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ यशमिन तथा एडमिशन अफेयर्स र मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारीको हातबाट सम्पन्न भएको थियो।

कार्यक्रममा मदरसा बर्खुलउलूम छपकैया, यतीम खाना छपकैया, मदरसा मदिना जामे मस्जिद, मदरसा दारुल उलूम, यतीम खाना बहुअरी, मदरसा सनवरिया पोखरिया, यतीम खाना इनरुवा, मदरसा दुर्गालिया, मदरसा चेटा, मदरसा मदनिया सिरसिया, लिपन मदरसा, मदरसा कलेया इनरुवा, सोनबरसा मदरसा, गोनपुर गफुरिया मदरसा तथा एगाज निकाह मदरसा लगायतका विद्यार्थी र शिक्षकहरूले सहभागिता जनाएका थिए।

उक्त अवसरमा वरिष्ठ प्रशासक विश्वनाथ कान्त, मौलाना नुरुल होदा तथा प्रशासन अधिकृत पप्पु सिंहको पनि उपस्थिति रहेको थियो। कलेजले सामाजिक उत्तरदायित्व र समुदाय सेवा गर्ने आफ्नो प्रतिबद्धता यस कार्यक्रममार्फत देखाएको जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...