Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

रिलिजअघि नै ‘धुरन्धर २’ को करोडौँ कमाइ, ‘बाहुबली २’ र ‘स्त्री २’ को रेकर्ड तोडियो

spot_img
spot_img

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह अभिनीत तथा निर्देशक आदित्य धरको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर: द रिभेन्ज’ (धुरन्धर २) ले औपचारिक रिलिज हुनुअघि नै बक्स अफिसमा कीर्तिमानी कमाइ गरेको छ। मार्च १९ मा प्रदर्शनमा आउन लागेको यस फिल्मले मार्च १८ मा आयोजना गरिएका ‘पेड प्रिभ्यु’ शोहरूबाटै उल्लेखनीय आम्दानी गर्दै नयाँ रेकर्ड कायम गरेको हो।

फिल्मले रिलिजअघि भारतमा मात्रै पेड प्रिभ्युमार्फत २७.१३ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। यो कमाइ हालैको ब्लकबस्टर फिल्म ‘स्त्री २’ को ८.५ करोड रुपैयाँभन्दा झण्डै तीन गुणा बढी हो।

यससँगै ‘धुरन्धर २’ ले ‘दे कल हिम ओजी’ र ‘बाहुबली २’ जस्ता चर्चित फिल्महरूको प्रिभ्यु कमाइको रेकर्डलाई पनि उछिनेको बताइएको छ। यदि ब्लक गरिएका टिकटहरूलाई समेत जोड्ने हो भने भारतमा रिलिजअगावैको कलेक्सन ३१.९ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

फिल्मप्रति दर्शकहरूको उत्साह उच्च देखिएको छ। मुम्बईमा एउटा टिकटको मूल्य ३१०० रुपैयाँसम्म पुगेको छ भने दिल्लीमा २४०० रुपैयाँसम्म बिक्री भइरहेको छ। देशभर आयोजना गरिएका ९५५० पेड प्रिभ्यु शोका लागि ५.३८ लाखभन्दा बढी टिकट बिक्री भइसकेका छन्।

अन्तर्राष्ट्रिय बजारमा पनि फिल्मको माग उल्लेखनीय रहेको छ। अमेरिका र क्यानडामा मात्रै १२.१२ करोड रुपैयाँ बराबरको व्यापार भइसकेको छ भने विश्वभरको पेड प्रिभ्यु कलेक्सन ६० करोड रुपैयाँ नजिक पुगेको बताइएको छ।

फिल्म विश्लेषक तरण आदर्शका अनुसार ‘धुरन्धर २’ ले हिन्दी चलचित्र इतिहासमै नयाँ कीर्तिमान कायम गर्ने सम्भावना रहेको छ। उनका अनुसार मार्च १९ मा रिलिज हुने पहिलो दिनमै फिल्मले विश्वभरबाट २०० करोड रुपैयाँभन्दा बढीको ओपनिङ गर्ने अनुमान गरिएको छ।

आदित्य धरको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा रणवीर सिंहसँगै सञ्जय दत्त, आर. माधवन र अर्जुन रामपालको अभिनय रहेको छ। फिल्मलाई हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शन गरिँदैछ।

यसअघि रिलिज भएको ‘धुरन्धर’ को पहिलो भागले विश्वभर १३०३ करोड रुपैयाँ कमाएर ठूलो सफलता हासिल गरेको थियो। भारतमा मात्रै ८३६.९५ करोड नेट कलेक्सन गर्दै यो सबैभन्दा धेरै कमाउने हिन्दी सिंगल–ल्याङ्ग्वेज फिल्म बनेको थियो। साथै, यसलाई भारतीय सिनेमाकै सबैभन्दा सफल ‘ए’ रेटेड फिल्मका रूपमा पनि हेरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...