Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सामा एउटै वडाबाट दुई जना प्रतिनिधिसभा सदस्य निर्वाचित, स्थानीयमा खुसी

spot_img
spot_img

वीरगंज । पर्सामा एउटै वडा निवासी दुई जना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । वीरगंज महानगरपालिका वडा नं. १० निवासी दुई जना एउटै पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सो वडाका स्थायी बासिन्दा सुशिल साह कानु पर्सा निर्वाचन क्षेत्र नं. २ बाट र रामाकान्त चौरसिया पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । दुबै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका हुन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका यी दुवै जनाले पुराना तथा स्थापित राजनीतिक व्यक्तित्वलाई पराजित गर्दै संघीय संसद्मा प्रवेश गरेका छन्।

पर्सा–२ बाट विजयी भएका सुशिल साह कानुले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अजय कुमार चौरसियालाई पराजित गरेका हुन् भने पर्सा–३ बाट निर्वाचित रामाकान्त चौरसियाले पनि कांग्रेसका अर्का नेता एवं पूर्व मन्त्री सुरेन्द्र चौधरीलाई फराकिलो मतान्तरले हराएका हुन् ।

आफ्नै वडाबाट दुई जना नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि वीरगंज–१० का बासिन्दाले खुसी व्यक्त गरेका छन्। स्थानीयवासीहरूले अब यी दुबै सांसदले आफ्नो निर्वाचन क्षेत्रसँगै वडा नं. १० को विकासमा पनि विशेष ध्यान दिनुपर्ने अपेक्षा गरेका छन्।

पर्सा–२ बाट निर्वाचित सुशिल साह कानु यसअघि वीरगंज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष थिए । उनले आफ्नो कार्यकाल नसकिँदै पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

त्यस्तै सोही वडाका रामाकान्त चौरसिया लामो समयदेखि निर्माण व्यवसायमा सक्रिय थिए । उनले पहिलो पटक सक्रिय राजनीतिमा प्रवेश गर्दै जनताको सेवा गर्ने उद्देश्यसहित प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

स्थानीयवासी राकेश साह कानुले एउटै वडाबाट दुई जना सांसद निर्वाचित हुनु गौरवको विषय भएको बताए । उनले दुबै नेतालाई बधाई दिँदै आफ्नो निर्वाचन क्षेत्रसँगै वीरगंज–१० को समग्र विकासमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...