Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

शिल्पा शेट्टीको पक्षमा बम्बई उच्च अदालतको फैसला

spot_img
spot_img

बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्राले दायर गरेको व्यक्तित्व अधिकार सम्बन्धी मुद्दामा बम्बई उच्च अदालतले उनको पक्षमा निर्णय सुनाएको छ।

अदालतले अभिनेत्रीको अनुमतिबिना उनको नाम, स्वर, तस्बिर वा व्यक्तित्व प्रयोग गरी बनाइएका सामाग्रीहरू हटाउन आदेश दिएको हो।

अभिनेत्री शेट्टीले विभिन्न वेबसाइट, सामाजिक सञ्जाल र एआई प्लेटफर्महरूले आफ्नो तस्बिर र पहिचान दुरूपयोग गर्दै एआईद्वारा बनाइएका मोर्फ गरिएका तस्बिर, भिडिओ र अन्य सामग्री सार्वजनिक गरेको भन्दै अदालतमा निवेदन दिएकी थिइन्।

सुनुवाइका क्रममा अदालतले ती सामग्रीहरूलाई ‘अत्यन्त आपत्तिजनक र अस्वीकार्य’ भन्दै तुरून्तै हटाउन निर्देशन दिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

शिल्पाकी वकिल सना रईस खानका अनुसार बिना अनुमति कुनै व्यक्तिको नाम, छवि वा प्रतिष्ठा प्रयोग गरी व्यावसायिक फाइदा लिनु उनको प्रतिष्ठा र अधिकारमाथि आक्रमण हुने भएकाले कानुनी कारबाही गरिएको हो।

यसअघि पनि केही बलिउडकर्मीले व्यक्तित्व अधिकार सम्बन्धी मुद्दामा राहत पाएका छन्। त्यसमा काजोल, ऐश्वर्या राय बच्चन, शत्रुघ्न सिन्हा, अभिषेक बच्चन, सलमान खान लगायतका नामहरू समावेश छन्।

शिल्पाले नोभेम्बर २०२५ मा आफ्नो व्यक्तित्व अधिकारको सुरक्षाको लागि बम्बई उच्च अदालतमा निवेदन दिएकी थिइन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...