Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

पर्साको जिराभवानीबाट ट्याक्टरमा २१३ किलो गाँजा बरामद

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले ट्याक्टरमा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। परालले छोपेर लैजाँदै गरेको अवस्थामा प्रहरीले पर्साको जिराभवानी गाउँपालिकाबाट २ सय किलोभन्दा बढी गाँजा बरामद गरेको हो।

विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा जिराभवानी गाउँपालिका वडा नम्बर–४ बाट २ सय १३ किलो लागुऔषध गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिए।

उनका अनुसार ठूलो परिमाणमा गाँजाको तस्करी भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले सरप्राइज चेकिङ गरेको थियो। सोही क्रममा परालले छोपेर लैजाँदै गरिएको गाँजा बरामद गरिएको हो।

प्रहरीले लागुऔषध गाँजासहित मे १ त ५७१४ नम्बरको ट्र्याक्टर पनि नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरी देख्नासाथ ट्याक्टर चालक भने सवारी साधन छाडेर फरार भएको बताइएको छ। बरामद गरिएको गाँजा र ट्र्याक्टर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।

ट्र्याक्टरको कागजातको आधारमा लागुऔषध कारोबारीको खोजी कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...