Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सामा १६ हजारभन्दा बढी मत बदर

spot_img
spot_img

वीरगंज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पर्सा जिल्लामा ठूलो संख्यामा मत बदर भएको पाइएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी १६ हजारभन्दा बढी मत बदर भएको विवरण सार्वजनिक भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पर्सा जिल्लामा प्रत्यक्षतर्फ खसेको कुल मतमध्ये ६ प्रतिशतभन्दा बढी मत बदर भएको छ।

चारवटै क्षेत्रमा गरी कुल २ लाख ५९ हजार २ सय ६४ मत खसेकोमा ६ दशमलव ३३ प्रतिशत अर्थात् १६ हजार ४ सय ३० मत बदर भएको मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले जानकारी दिए।

क्षेत्रगत विवरण अनुसार पर्सा क्षेत्र नम्बर–१ मा ४ हजार ८१ मत बदर भएको छ भने क्षेत्र नम्बर–२ मा ४ हजार ५ सय मत बदर भएको छ। यसैगरी क्षेत्र नम्बर–३ मा ४ हजार ७ सय ३० र क्षेत्र नम्बर–४ मा ३ हजार १ सय १९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचनमा पर्सा क्षेत्र नम्बर–१ मा ६१ हजार ३०६, क्षेत्र नम्बर–२ मा ६५ हजार ८७८, क्षेत्र नम्बर–३ मा ६७ हजार ११३ र क्षेत्र नम्बर–४ मा ६४ हजार ९६७ मत खसेको थियो।

निर्वाचनबारे पर्याप्त प्रचारप्रसार तथा मतदातामाझ आवश्यक जनचेतना अभाव भएका कारण यसपटक मतपत्र बढी बदर भएको हुन सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...