Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सा–१ मा ३० मध्ये २७ उम्मेदवारको जमानत जफत

spot_img
spot_img

वीरगंज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिस्पर्धा गरेका ३० उम्मेदवारमध्ये २७ जनाको जमानत जफत भएको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूको जमानत जफत भएको हो। निर्वाचन आयोगका अनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारहरूको जमानत फिर्ता नहुने कानुनी प्रावधान रहेको छ। सोही प्रावधानअनुसार पर्सा–१ का २७ उम्मेदवारले मनोनयन दर्ता गर्दा राखेको धरौटी रकम गुमाएका छन्।

यस निर्वाचन क्षेत्रमा कुल ३० उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। तीमध्ये केवल तीन जनाले मात्र आवश्यक मत प्राप्त गर्दै आफ्नो जमानत जोगाउन सफल भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धिप्रसाद (हरि) पन्त २७ हजार २७४ मत प्राप्त गर्दै विजयी भएका छन्। यस्तै नेकपा (एमाले) का पूर्वमन्त्री प्रदीप यादवले १३ हजार ३० मत र नेपाली कांग्रेसका अनिलकुमार रुङटाले ११ हजार ८८५ मत प्राप्त गर्दै जमानत जोगाउन सफल भएका छन्।

जमानत जफत हुने उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्द किशोर प्रसाद श्रीवास्तव (१ हजार २७२ मत), जनता समाजवादी पार्टी नेपालका रामनरेश प्रसाद यादव (१ हजार २०१ मत), नेकपा (माओवादी केन्द्र) का अजय चौरसिया (५३७ मत), उज्ज्वल नेपाल पार्टीका रामकिशोर सिंह (पराग) (४१५ मत), स्वतन्त्र उम्मेदवार विशाल कुमार सर्राफ (३८१ मत), जनमत पार्टीका ओमप्रकाश सर्राफ (३४१ मत), पिपुल्स फस्ट पार्टीका जावेद एकबाल हैदर (२४२ मत) र राष्ट्र निर्माण दल नेपालका मोहम्मद उमर खान (२४० मत) रहेका छन्।

आयोगका अनुसार बाँकी अन्य उम्मेदवारहरूले पनि १० प्रतिशतभन्दा कम मत प्राप्त गरेकाले उनीहरूको जमानतसमेत जफत भएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...