Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सामा समानुपातिकतर्फ पनि रास्वपाको दबदबा, १ लाख ३६ हजारभन्दा बढी मतसहित पहिलो दल

spot_img
spot_img

वीरगंज । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा पर्सा जिल्लामा प्रत्यक्षतर्फका चारै सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत प्राप्त गर्दै पहिलो दल बनेको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा पर्सा जिल्लामा समानुपातिकतर्फ रास्वपाले १ लाख ३६ हजार ८९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसअघि २०७९ को निर्वाचनमा पर्सामा समानुपातिकतर्फ पहिलो दल बनेको नेपाली कांग्रेस यसपटक दोस्रो स्थानमा झरेको छ। प्रत्यक्षतर्फ चारै सीटमा पराजित भएको कांग्रेसले समानुपातिकतर्फ ४२ हजार ३१५ मत मात्र प्राप्त गरेको छ।

यस्तै नेकपा एमालेले ३६ हजार ३२७ मत प्राप्त गरेको छ । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले ९ हजार १५९, जनता समाजवादी पार्टी नेपालले ७ हजार ७८९, नेपाली कम्युनिष्ट पार्टीले ५ हजार १५७, राष्ट्र निर्माण दलले २ हजार २४७, जनमत पार्टीले १ हजार ८०० र राष्ट्रिय परिवर्तन पार्टीले १ हजार ५४७ मत प्राप्त गरेका छन्।

क्षेत्रअनुसार मत परिणाम

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा समानुपातिकतर्फ रास्वपाले ३४ हजार ४६३ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। यस क्षेत्रमा नेकपा एमाले ९ हजार २३१ मतसहित दोस्रो र नेपाली कांग्रेस ८ हजार २६७ मतसहित तेस्रो स्थानमा रहेका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ३ हजार २४० मतसहित चौथो र जनता समाजवादी पार्टी नेपाल १ हजार ९९ मतसहित पाँचौं स्थानमा रहेको छ।

पर्सा क्षेत्र नम्बर–२ मा पनि रास्वपाले ३४ हजार ९१८ मतसहित पहिलो स्थान हासिल गरेको छ। यहाँ नेपाली कांग्रेस १० हजार ३४० मतसहित दोस्रो र नेकपा एमाले ८ हजार ५८५ मतसहित तेस्रो स्थानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी ३ हजार ५०६ मतसहित चौथो र जनता समाजवादी पार्टी नेपाल २ हजार ४५० मतसहित पाँचौं स्थानमा रहेको छ।

पर्सा क्षेत्र नम्बर–३ मा रास्वपाले ३७ हजार १२३ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। नेपाली कांग्रेस १२ हजार १९६ मतसहित दोस्रो र नेकपा एमाले ८ हजार ५७६ मतसहित तेस्रो स्थानमा रहेका छन्। त्यसपछि नेपाली कम्युनिष्ट पार्टी १ हजार ५१४, राष्ट्रिय प्रजातन्त्र पार्टी १ हजार ४३४, जनमत पार्टी ९०१, राष्ट्र निर्माण दल ५३२, श्रम संस्कृति पार्टी ३३३ र आजपा ३०१ मतसहित क्रमशः रहेका छन्।

पर्सा क्षेत्र नम्बर–४ मा पनि रास्वपाले ३० हजार ३८९ मतसहित पहिलो स्थान हासिल गरेको छ। नेपाली कांग्रेस ११ हजार ५१२ मतसहित दोस्रो र नेकपा एमाले ९ हजार ९३५ मतसहित तेस्रो स्थानमा रहेका छन्। जनता समाजवादी पार्टी नेपाल ४ हजार ३ मतसहित चौथो, नेपाली कम्युनिष्ट पार्टी २ हजार ४९ मतसहित पाँचौं, राष्ट्रिय प्रजातन्त्र पार्टी ९९३ मतसहित छैटौं, राष्ट्रिय परिवर्तन पार्टी ९१२ मतसहित सातौं, जनमत पार्टी २४४ मतसहित आठौं, नेपाल जनता पार्टी २३१ मतसहित नवौं र श्रम संस्कृति पार्टी २०३ मतसहित दशौं स्थानमा रहेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...