Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

हार–जित राजनीतिमा स्वाभाविक प्रक्रिया हो, निराश नहुनुहोस् : रुपेश कुमार पाण्डेय

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ३ बाट नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयले आम निर्वाचनमा हार–जितलाई राजनीतिमा स्वाभाविक प्रक्रिया भएको बताएका छन्। उनले एक निर्वाचनको परिणामलाई लिएर निराश नहुन कार्यकर्ता तथा समर्थकलाई आग्रह गरेका छन्।

संचारकर्मीसंग आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेयले एक राजनीतिकर्मीका लागि आम निर्वाचन लड्नु सयौँ काममध्ये एउटा काम मात्र भएको उल्लेख गरे। उनका अनुसार राजनीतिमा जित र हार भइरहने भएकाले त्यसलाई सहज रूपमा स्वीकार गर्दै अगाडि बढ्नुपर्ने हुन्छ।

उनले एउटा निर्वाचन हार्दैमा देश वा पार्टीले हार्नु नहुने भन्दै निराशाको बाटो छोड्न आग्रह गरेका छन्। देश निर्माण र वर्तमान व्यवस्था स्थापना गर्न एमालेको महत्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै त्यसको रक्षा गर्ने जिम्मेवारी पनि आफ्नै कन्धामा रहेको उनले बताए।

पाण्डेले भने, “हामीले एउटा निर्वाचन हार्दैमा देशले हार्नु हुँदैन, हाम्रो पार्टीले हार्नु हुँदैन। निराशाको बाटो छोडौं, यो देशको निर्माण हामीले गरेको हो। यो व्यवस्था हामीले ल्याएको हो। यो देश र व्यवस्थाको रक्षा पनि हामीले नै गर्ने हो।”

उनले आगामी दिनमा चुनौती र अवसर दुवै रहेको उल्लेख गर्दै ती सबैको सामना गर्न सबै राजनीतिक शक्ति तयार हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...