Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

रक्सौल नाकामा नाबालिग किशोरीको उद्धार, मानव तस्करी प्रयास विफल

spot_img
spot_img

रक्सौल । भारत–नेपाल सीमा क्षेत्रमा मानव तस्करीको प्रयास विफल पार्दै सशस्त्र सीमा बल (एसएसबी) को मानव तस्करी विरोधी इकाई (एएचटियु) ले एक नाबालिग किशोरीको उद्धार गरेको छ।

प्राप्त सूचनाको आधारमा एएचटियु–एसएसबी ४७औँ वाहिनीको टोलीले सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिहरूको निगरानी गरिरहेको थियो । यस क्रममा भारतबाट नेपालतर्फ जाँदै गरेका दुई जना संदिग्ध व्यक्तिलाई एक किशोरीसहित रक्सौलस्थित मैत्री पुल नजिकै रोकी सोधपुछ गरिएको थियो।

प्रारम्भिक सोधपुछका क्रममा ती व्यक्तिहरूले आफ्नो नाम गोलु र सोनु बताउँदै किशोरीलाई आफ्नी बहिनी भएको र नेपालमा आफन्तको घर जाँदै गरेको बताएका थिए । तर उनीहरूको भनाइ शंकास्पद देखिएपछि एएचटियु–एसएसबीको टोलीले थप अनुसन्धान अघि बढाएको थियो।

प्रयास जुवेनाइल एड सेन्टर, पूर्वी चम्पारण, स्वच्छ रक्सौल संस्था तथा ग्राम नियोजन केन्द्र (एनजिओ) को सहयोगमा तीनै जनालाई अलग–अलग राखी सोधपुछ र काउन्सेलिङ गरिएको थियो। त्यस क्रममा उद्धार गरिएकी नाबालिग रानी कुमारी (परिवर्तित नाम) भारतको बिहार राज्य अन्तर्गत मोतिहारी जिल्लाको पताही थाना क्षेत्रकी रहेको खुलेको छ।

त्यस्तै आरोपितमध्ये मोहम्मद अरमान (उर्फ गोलु) नेपालका पर्सा जिल्लाको वीरगंज, विर्ता थाना क्षेत्रका बासिन्दा रहेका छन् भने इकबाल अन्सारी (उर्फ सोनु) भारतको बिहार राज्य अन्तर्गत नरकटियागञ्जको शिकारपुर थाना क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा मोहम्मद अरमानले ‘गोलु’ नाम प्रयोग गर्दै टिकटक एपमार्फत करिब चार महिनाअघि किशोरीसँग चिनजान बढाएको र पछि आफ्ना सहयोगी इकबाल अन्सारीसँग मिलेर विवाहको झुटो आश्वासन दिई प्रेम जालमा फसाएको खुलासा भएको छ।

आरोपीहरूले विभिन्न प्रलोभन देखाएर किशोरीलाई घरबाट भाग्न लगाएका थिए । उनी मोतिहारी बसपार्क पुगेपछि दुवै आरोपीले उनलाई भारतबाट नेपाल लैजाने योजना बनाएको खुलेको छ।

तर एएचटियु टोलीको सतर्कता र त्वरित कारबाहीका कारण किशोरीलाई सुरक्षित रूपमा उद्धार गर्न सफल भएको छ भने आरोपीहरूको योजना विफल पारिएको छ।

उद्धार गरिएकी किशोरी तथा दुवै आरोपितलाई थप कानुनी कारबाहीका लागि हरैया थाना (प्रहरी) लाई बुझाइएको छ। प्रहरीका अनुसार आरोपितविरुद्ध मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यस उद्धार अभियानमा एएचटियु प्रभारी इन्स्पेक्टर विकास कुमार, सहायक उपनिरीक्षक खेमराज, हवलदार अरविन्द द्विवेदी, सिपाही साधना सिन्हा, अन्जु मोहन, प्रयास जुवेनाइल एड सेन्टरकी आरती कुमारी र राज गुप्ता, स्वच्छ रक्सौल संस्थाका रञ्जित सिंह र साबरा खातुन तथा ग्राम नियोजन केन्द्रका अरविन्द पाण्डे र रेखा देवी सहभागी रहेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...