Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

चुनाव हारे पनि पर्सा–३ को विकासका लागि निरन्तर सक्रिय रहन्छु : रुपेश पाण्डेय

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश कुमार पाण्डेयले निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्दै क्षेत्रको विकास र जनताको अधिकारका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि एक वक्तव्य जारी गर्दै पाण्डेयले लोकतान्त्रिक अभ्यासमा जनताको आदेश नै सर्वोपरि हुने उल्लेख गर्नुभएको छ। उहाँले आफूलाई विश्वास गरेर मत दिने मतदाताहरू, चुनावी अभियानमा खटिएका समर्थक तथा शुभेच्छुकहरूप्रति हृदयदेखि आभार प्रकट गर्नुभएको छ।

पाण्डेयले हारले आफ्नो राजनीतिक यात्रालाई रोक्न नसक्ने भन्दै यसले अझ जिम्मेवार र परिष्कृत भएर जनताको सेवामा लाग्न प्रेरणा दिएको बताउनुभएको छ। “सदनमा नरहे पनि पर्सा–३ को माटो र यहाँका नागरिकको अधिकारका लागि मेरो आवाज सडक र समाजमा सधैँ गुञ्जिरहनेछ,” उहाँले उल्लेख गर्नुभएको छ।

यसैबीच उहाँले सो क्षेत्रबाट विजयी भएका उम्मेदवार रमाकान्त चौरसियालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । साथै क्षेत्रको विकास र जनहितका मुद्दामा आफ्नो तर्फबाट सधैँ रचनात्मक सहयोग र आवश्यक खबरदारी रहने पनि उहाँले बताउनुभएको छ।

पाण्डेयले निर्वाचन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, सुरक्षा निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति पनि आभार व्यक्त गर्नुभएको छ। उहाँले आफ्नो निष्ठा र सेवाको यात्रा निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...