Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

रौतहट–२ मा नेपाली कांग्रेसका डा. फिरदोश आलम विजयी

spot_img
spot_img

वीरगंज । रौतहट निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका डा. मो. फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डा. आलमले २९ हजार ५२८ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिनुभयो।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गर्नुभएको छ। प्रतिनिधि सभा सदस्यमा निर्वाचित आलम पूर्व मन्त्री एवं कांग्रेसका नेता आफताब आलमका छाेरा हुन् ।

अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले ९ हजार ३२५ मत प्राप्त गर्नुभएको छ भने जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार रामअशिष राय यादवले २ हजार ९६० मत ल्याएर चौथो स्थान हासिल गर्नुभएको छ। नेकपा (एमाले)का उम्मेदवार मोहम्मद अतिउल्लाहले २ हजार ३८२ मत प्राप्त गर्नुभएको छ।

निर्वाचन अधिकृत खड्काका अनुसार उक्त क्षेत्रमा कुल १ लाख ८ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गरेका थिए। त्यसमध्ये ६६ हजार १४४ मत सदर भएका छन् भने ५ हजार ४०२ मत बदर भएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...