Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

रौतहट–२ मा नेपाली कांग्रेसका डा. फिरदोश आलम विजयी

spot_img
spot_img

वीरगंज । रौतहट निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका डा. मो. फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डा. आलमले २९ हजार ५२८ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिनुभयो।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गर्नुभएको छ। प्रतिनिधि सभा सदस्यमा निर्वाचित आलम पूर्व मन्त्री एवं कांग्रेसका नेता आफताब आलमका छाेरा हुन् ।

अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले ९ हजार ३२५ मत प्राप्त गर्नुभएको छ भने जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार रामअशिष राय यादवले २ हजार ९६० मत ल्याएर चौथो स्थान हासिल गर्नुभएको छ। नेकपा (एमाले)का उम्मेदवार मोहम्मद अतिउल्लाहले २ हजार ३८२ मत प्राप्त गर्नुभएको छ।

निर्वाचन अधिकृत खड्काका अनुसार उक्त क्षेत्रमा कुल १ लाख ८ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गरेका थिए। त्यसमध्ये ६६ हजार १४४ मत सदर भएका छन् भने ५ हजार ४०२ मत बदर भएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...