Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सा–३ मा रास्वपाका रामाकान्त चौरसिया १३ हजारभन्दा बढी मतान्तरले विजयी

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसिया प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

चौरसियाले नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीलाई १३ हजार ३ सय १३ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौरसियाले २९ हजार ६ सय ७९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी चौधरीले १६ हजार ३ सय ६६ मत ल्याएका छन् ।

त्यस्तै नेकपा (एमाले) का उम्मेदवार रुपेश पाण्डेले ११ हजार ९ सय १४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार छोटेलाल प्रसाद यादवले २ हजार १ सय ३७ मत पाएका छन् ।

यसैगरी जनमत पार्टीकी उम्मेदवार मालती कुमारी कुशवाहाले ५ सय ८३ मत, आम जनता पार्टीका उम्मेदवार मोहम्मद इस्तखारले २ सय ८५ मत र जय मातृभूमि पार्टीका उम्मेदवार राज कुमार यादवले २ सय ६५ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार अजिज मिया धुनियाले २ सय ५७ मत प्राप्त गरेका छन् ।

पर्सा–३ मा रहेका ९६ हजार ५ सय ४२ मतदातामध्ये ६७ हजार १ सय १३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...