Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

पर्सा–४ मा रास्वपाका टेकबहादुर शाक्य विजयी

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्य विजयी भएका छन् । लामो समयदेखि स्थापित ठूला दलका प्रभावशाली नेताहरूलाई पछि पार्दै शाक्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

शाक्यले २८ हजार ६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश रिजाललाई १५ हजार ४७२ मतान्तरले पराजित गरे । रिजालले १२ हजार ५३४ मत प्राप्त गरेका छन् । रिजाल आठौँ पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका पूर्वमन्त्रीसमेत हुन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरीले १२ हजार १४५ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार कृपासिन्धु चौधरी ४ हजार ७५८ मत र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का जयप्रकाश थारुले ३ हजार ११३ मत पाएका छन् ।

रिजाल नेपाली कांग्रेसबाट आठौँ पटक चुनावी मैदानमा उत्रिएका थिए भने मन्सुरी दोस्रो पटक एमालेबाट प्रतिस्पर्धामा थिए । जगरनाथपुर गाउँपालिकाका स्थायी बासिन्दा मन्सुरी २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

जयप्रकाश थारु यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट विजयी भएका अनुभवी नेता हुन् ।

पर्साको ठोरी गाउँपालिका–४ विजयवस्तीका स्थायी बासिन्दा शाक्यले निर्वाचनअघि मात्रै पार्टी परिवर्तन गरी रास्वपाबाट टिकट पाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...