Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

काठमाडौंका तीन क्षेत्रमा रास्वपाको जीत, विराज भक्त श्रेष्ठको भारी मतान्तर

spot_img
spot_img

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका उम्मेदवार विराज भक्त श्रेष्ठ भारी मतान्तरसहित विजयी भएका छन्।

श्रेष्ठले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार सुमन सायामीलाई पराजित गर्दै जीत हासिल गरेका हुन्। प्राप्त मत परिणामअनुसार श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गरेका छन् भने सायामीले ३ हजार २१७ मत मात्र पाएका छन्।

यस्तै, काठमाडौं क्षेत्र नम्बर ६ मा पनि रास्वपाका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। उनले १५ हजारभन्दा बढी मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का अमन मास्केले ४ हजार ३७३ मत पाएका छन्।

यसैगरी काठमाडौं क्षेत्र नम्बर १ बाट पनि रास्वपाले जित निकालेको छ । रास्वपा उम्मेदवार रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् । मुख्य निर्वाचन अधिकृत चुरामणि खड्काका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन्।

यसअघि काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह लगातार तीन पटक विजयी हुँदै आएका थिए । पछिल्लो परिणामसँगै काठमाडौंका विभिन्न क्षेत्रमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्दै राजधानीको राजनीतिक समीकरणमा नयाँ संकेत दिएको विश्लेषण गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...