Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पूर्वमन्त्री यादव र जनमत पार्टी पर्साका अध्यक्ष सर्राफद्वारा मताधिकार प्रयोग

spot_img
spot_img

वीरगंज । पर्सा संसदीय निर्वाचन क्षेत्र नं. १ अन्तर्गत विभिन्न मतदान केन्द्रमा बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको छ। यस क्रममा मनिहारीस्थित मतदान केन्द्रमा पुगेर पूर्वमन्त्री प्रदिप यादवले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

वीरगंज महानगरपालिका–२२ मनिहारीस्थित मतदान केन्द्रमा उनी बिहान करिब ८ बजे पुगेका थिए। मतदानपछि उनले निर्वाचन लोकतान्त्रिक प्रणालीको महत्वपूर्ण आधार भएको बताउँदै सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन्।

यसैगरी जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले पनि वीरगंज महानगरपालिका–१६ नगवास्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।

मतदानपछि प्रतिक्रिया दिँदै सर्राफले लोकतान्त्रिक व्यवस्थामा मतदान प्रत्येक नागरिकको महत्वपूर्ण अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने प्रमुख माध्यम भएको बताए।

उनले भने, “प्रतिनिधिसभा सदस्यको निर्वाचन हाम्रो देशको शासन व्यवस्था, नीति निर्माण तथा समग्र विकाससँग प्रत्यक्ष रूपमा जोडिएको अत्यन्त महत्वपूर्ण प्रक्रिया भएकाले सोचविचार गरेर विवेकपूर्ण ढंगले मतदान गर्नु हामी सबै नागरिकको साझा जिम्मेवारी र कर्तव्य हो।”

पर्सा जिल्लाका विभिन्न मतदान केन्द्रमा सुरक्षाको कडा व्यवस्था गरिएको छ भने मतदाताहरू शान्तिपूर्ण रूपमा लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...