Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

पर्सामा शान्तिपूर्ण रूपमा प्रतिनिधि सभा निर्वाचन सुरु, भेडिहारीसहित सबै मतदान केन्द्रमा उत्साहजनक सहभागिता

spot_img
spot_img

वीरगंज । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि पर्सा जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार सबै मतदान केन्द्रमा सुरक्षाको उचित प्रबन्ध मिलाइएपछि निर्धारित समयमै मतदान प्रक्रिया प्रारम्भ गरिएको हो।

पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीस्थित श्री सुकई साह मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ। महिला, ज्येष्ठ नागरिक तथा युवाहरू लामबद्ध रूपमा आफ्नो मताधिकार प्रयोग गर्न केन्द्रमा पुगेका छन्। अन्य स्थानीय तहका मतदान केन्द्रहरूमा पनि शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ।

जेन–जी आन्दोलनपछि राजनीतिक परिवेशमा आएको परिवर्तनका कारण मूलतः २०८४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मै सम्पन्न भइरहेको हो। यस निर्वाचनलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ भने नयाँ पुस्ताको सक्रिय सहभागिताले चुनावी माहोल थप रोचक बनेको छ।

जिल्ला सुरक्षा समितिले मतदान अवधिभर कुनै अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको जनाएको छ। मतदातालाई निर्भीक र स्वतन्त्र रूपमा मतदान गर्न अनुरोध गरिएको छ।

निर्वाचन आयोगका प्रतिनिधिका अनुसार बेलुकी ५ बजेसम्म मतदान जारी रहनेछ। कुनै अवरोध नआए निर्धारित समयमै मतदान सम्पन्न गरी मतपेटिका संकलन प्रक्रिया अगाडि बढाइने बताइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...