Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

पर्सा ४ मा टेक बहादुर शाक्यको घरदैलो सम्पन्न, स्थानीयद्वारा परिवर्तनको पक्षमा मत दिने आश्वासन

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत ठोरी गाउँपालिका वडा नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेक बहादुर शाक्यको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

घरदैलोका क्रममा उम्मेदवार शाक्यले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका थिए । सो अवसरमा मतदाताहरूले गाउँमा देखिएका विभिन्न समस्या—सडक, खानेपानी, स्वास्थ्य सेवा, शिक्षा तथा रोजगारीका विषय—बारे आफ्ना गुनासा र सुझाव राखेका थिए ।

स्थानीयका समस्या ध्यानपूर्वक सुन्दै उम्मेदवार शाक्यले क्षेत्रका जटिल समस्याहरूलाई प्रतिनिधिसभामा प्रभावकारी रूपमा उठाउने र समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ठोरीको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै जनताको साथ र विश्वासले आफूलाई थप ऊर्जा मिलेको बताए ।

घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाहरूले फूलमाला र अबिरको टीका लगाएर उम्मेदवार शाक्यको भव्य स्वागत गरेका थिए । स्वागत कार्यक्रममा सहभागीहरूले यस पटकको निर्वाचनमा परिवर्तनका लागि रास्वपालाई मत दिने आश्वासन समेत दिएका थिए ।

यसैबीच, घरदैलो कार्यक्रमकै क्रममा केही स्थानीय व्यक्तिहरू अन्य पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेको रास्वपाका नेता पशुराम साहले जानकारी दिए । पार्टी प्रवेश गर्नेहरूलाई उम्मेदवार शाक्यले स्वागत गर्दै संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

22 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...