Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्सा–३ मा रूपेश पाण्डेको घरदैलो सम्पन्न, युवा नेतृत्वप्रति बढ्दो समर्थन

spot_img
spot_img

वीरगंज । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–३ को राजनीतिक माहोल थप तातेको छ। यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पोखरीया नगरपालिका वडा नम्बर–२ को लमरिया र डामरापुरमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो।

एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डे घरदैलो अभियानका क्रममा स्थानीयसँग प्रत्यक्ष संवादमा उत्रिएका थिए। उनले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आफ्नो स्पष्ट भिजन प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले परिवर्तनको आवश्यकता औंल्याउँदै युवा नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखेका थिए। विशेषगरी युवापुस्तामाझ पाण्डेको सक्रियता र विकासकेन्द्रित एजेन्डाप्रति सकारात्मक प्रतिक्रिया देखिएको बताइएको छ।

नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा पाण्डेको पक्षमा समर्थन तीव्र बन्दै गएको दाबी गरिएको छ। मतदाताहरूले क्षेत्रको समृद्धि र स्थायित्वका लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पाण्डेलाई विजयी गराउन प्रतिबद्धता व्यक्त गरेका थिए।

पर्सा–३ मा यसपटक युवा उम्मेदवारको उपस्थितिले चुनावी समीकरणमा नयाँ आयाम थपिएको विश्लेषण गरिएको छ। परम्परागत शक्ति संरचनालाई चुनौती दिँदै विकास र परिवर्तनको नारासहित मैदानमा उत्रिएका पाण्डेले घरदैलो अभियानलाई प्रभावकारी रूपमा अघि बढाएका छन्।

निर्वाचन नजिकिँदै जाँदा पर्सा–३ मा दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यसबीच पाण्डेको सक्रिय चुनावी अभियान र बढ्दो जनसमर्थनले क्षेत्रको चुनावी समीकरणमा अर्थपूर्ण प्रभाव पार्ने संकेत देखिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

19 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...