Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

सुगौलीमा सुशील कानुको घरदैलोमा उत्साह, “विकास र रोजगारी पहिलो प्राथमिकता”

spot_img
spot_img

वीरगंज। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर २६, सुगौली टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानु को घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

घरदैलोका क्रममा जेन–जी युवाहरू, ज्येष्ठ नागरिक, महिला तथा स्थानीय समर्थकहरूले उम्मेदवार कानुलाई अबिर र गम्छा लगाएर आत्मीय स्वागत गरेका थिए। कार्यक्रममा सहभागी स्थानीयवासीहरूसँग प्रत्यक्ष संवाद गर्दै कानुले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताए।

“जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम ल्याउनेछु,” उनले भने, “स्थानीय तहदेखि संघीय तहसम्म समन्वय गर्दै योजनाबद्ध विकास अघि बढाइनेछ।” उनले कृषकका लागि मल व्यवस्थापनलाई प्रभावकारी बनाउने, युवाहरूलाई रोजगारीमुखी तालिम तथा सीप विकास कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उम्मेदवार कानुले रास्वपा नेतृत्वमा दलित समुदाय लक्षित स्वास्थ्य सुधार कार्यक्रम, शिक्षामा पहुँच विस्तार तथा स्थायी रोजगारीका अवसर सिर्जना गरिने विश्वास व्यक्त गरे। विकास, रोजगारी, शिक्षा र कृषिलाई केन्द्रमा राखेर जनताको आवश्यकता अनुसार काम गर्ने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी समर्थकहरूले “परिवर्तनका लागि घण्टी ओठमा मात्र होइन, मनले छ समर्थन घण्टीमा—यो निर्वाचन हाम्रो हो, परिवर्तनको हो” भन्ने नारा लगाउँदै रास्वपाप्रति आफ्नो ऐक्यबद्धता जनाएका थिए।

सुगौली टोलमा देखिएको उल्लेख्य सहभागिता र उत्साहले पर्सा–२ मा चुनावी गतिविधि थप सक्रिय बन्दै गएको संकेत गरेको स्थानीयहरूको भनाइ छ। निर्वाचन नजिकिँदै जाँदा क्षेत्रको चुनावी माहोल अझ तातेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

23 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...