Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्सा–३ मा एमालेको घरदैलो तिब्र, रूपेश पाण्डेयको पक्षमा उत्साह

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत बिन्दवासिनी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घरदैलो तथा जनता भेटघाट कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा उल्लेखनीय जनसहभागिता देखिएको छ।

बिन्दवासिनीका प्रसौनी, अमरपट्टी, मधवललगायतका टोलहरूमा पुगेका उम्मेदवार पाण्डेलाई स्थानीयवासीले आत्मीय स्वागत गरेका थिए। घरदैलो कार्यक्रमका क्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै पर्सा–३ लाई आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको दृष्टिले अगाडि बढाउने स्पष्ट योजना प्रस्तुत गरेका छन्।

स्थानीय युवाहरू, महिला समूह तथा ज्येष्ठ नागरिकहरूले सक्षम, पहुँचयोग्य र जवाफदेही नेतृत्वको आवश्यकता औंल्याउँदै यसपटक क्षेत्रलाई नयाँ ऊर्जा र स्पष्ट दिशानिर्देशन दिन सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन्। विशेषगरी रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा तथा स्थानीय उद्योग–व्यवसाय प्रवर्द्धनका एजेन्डाले मतदातालाई आकर्षित गरेको देखिएको छ।

पर्सा–३ मा यसपटक पुस्तान्तरणको बहस पनि प्रमुख विषय बनेको छ। लामो समयदेखि परम्परागत नेतृत्वको प्रभाव रहेको क्षेत्रमा युवा उम्मेदवारको सक्रियता र निरन्तर जनसम्पर्कले चुनावी माहोललाई नयाँ मोड दिएको छ। रूपेश पाण्डे विगत केही वर्षदेखि क्षेत्रीय सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आफूलाई परिवर्तनको वाहकका रूपमा स्थापित गर्न प्रयासरत छन्।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले विकासप्रति प्रतिबद्ध, पहुँचयोग्य र जवाफदेही नेतृत्वको आवश्यकता औंल्याउँदै पाण्डेलाई भारी मतले विजयी गराउने प्रतिबद्धता जनाएका थिए।

समग्रमा बिन्दवासिनी क्षेत्रमा देखिएको जनसक्रियता र समर्थनलाई आधार मान्दा पर्सा–३ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। आगामी निर्वाचन परिणामले यस क्षेत्रको राजनीतिक दिशानिर्देशनमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...