Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्सा–३ मा रुपेश पाण्डेयको घरदैलो अभियान तीव्र, उत्साहजनक सहभागिता

spot_img
spot_img

वीरगंज। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश पाण्डेयले घरदैलाे अभियानलाई निरन्तरता दिएका छन् । उनले शुक्रबार पोखरिया नगरपालिका–९ अन्तर्गत रानीगञ्ज र रहरिया टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरेका हुन्।

घरदैलो अभियानका क्रममा उम्मेदवार पाण्डेयले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या र आवश्यकताबारे जानकारी लिएका थिए। सो अवसरमा स्थानीय बासिन्दाले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायतका विषय उठान गरेका थिए।

पाण्डेयले क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्दै पूर्वाधार निर्माण, कृषि प्रवर्द्धन तथा युवाका लागि रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनताबाट प्राप्त सुझाव र गुनासोलाई आगामी योजना निर्माणमा समेट्दै कार्यान्वयन गर्ने बताए।

घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो। अभियानलाई निरन्तरता दिँदै क्षेत्रका अन्य वडाहरूमा समेत भेटघाट कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...