Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

पर्सा–२ मा सुशील कानुको घरदैलो: कृषकलाई समयमै मल–खाद र रोजगारीको प्रतिबद्धता

spot_img
spot_img

वीरगंज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले कृषकहरूका लागि समयमै मल तथा खाद उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार निर्वाचन क्षेत्रअन्तर्गत बहुदरमाई नगरपालिका–४ को डकैला बहुआरी टोलमा घरदैलो कार्यक्रम गर्दै स्थानीयवासीसँग प्रत्यक्ष संवाद गरेका कानुले समयमा मल र खादको अभावका कारण बर्सेनि कृषकहरूले ठूलो नोक्सानी व्यहोर्नु परेको उल्लेख गरे। आफू निर्वाचित भएपछि मल–खादको आपूर्ति प्रणालीलाई व्यवस्थित गरी समयमै उपलब्ध गराउने सुनिश्चितता गर्ने उनले दाबी गरे।

“कृषकहरूको पीडा मलाई राम्रोसँग थाहा छ। तरकारी खेतीका लागि आवश्यक मल समयमै उपलब्ध गराउने, उत्पादन सुरक्षित राख्न शीत भण्डार (कोल्ड स्टोर) निर्माण गर्ने र बजारसम्म सहज पहुँच पुर्‍याउने व्यवस्था तत्काल गर्छु,” कानुले भने।

उच्च शिक्षाको पहुँच विस्तारबारे बोल्दै उनले जिल्ला वा देश बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्दै स्थानीय स्तरमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने योजना अघि सारे। पर्सा जिल्लामा रहेको मधेस विश्वविद्यालय लाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्थाको रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए।

त्यसैगरी खेलकुद पूर्वाधार विकासतर्फ ध्यान दिँदै कानुले बहुदरमाई नगरपालिका क्षेत्रमा राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न मिल्ने रङ्गशाला निर्माणको पहल गरिने जानकारी दिए। साथै वीरगञ्जस्थित नारायणी रङ्गशाला को स्तरोन्नति गरिने उनको भनाइ थियो।

पर्सा जिल्लाको प्रमुख समस्या बेरोजगारी रहेको औँल्याउँदै उनले उद्यमशीलता विकास, सीपमूलक तालिम तथा स्वरोजगार कार्यक्रममार्फत रोजगारीका अवसर सिर्जना गर्न पहल गर्ने बताए।

घरदैलोका क्रममा स्थानीयहरूले विगतमा निर्वाचित जनप्रतिनिधिहरूले आश्वासन मात्र बाँडेको गुनासो गर्दै परिवर्तनको आवश्यकता औँल्याएका थिए। नयाँ सोच, ऊर्जा र स्पष्ट योजनासहित आएका उम्मेदवारलाई समर्थन गर्ने उनीहरूको भनाइ थियो।

कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, बुद्धिजीवी तथा विभिन्न पेशासँग आबद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...