Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

पर्सा–३ मा ‘झुटो पार्टी प्रवेश’को आरोप, हजरतले भने– “हामी कांग्रेस प्रवेश गरेका छैनौं”

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ३ का नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरी विरुद्ध पार्टी प्रवेशको नाममा भ्रम फैलाएको आरोप लागेको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ गदियानी निवासी हजरत भनिने नैजुल होदाले उक्त आरोप लगाएका हुन्।

उनका अनुसार बिहीबार सुरेन्द्र चौधरीसँग सामान्य भेटघाट मात्र भएको थियो, तर त्यसलाई कांग्रेस प्रवेशका रूपमा प्रचार गर्नु गलत रहेको बताए । “सुरेन्द्र चौधरीजीसँग बिहीबार भेटघाट भएको हो, तर हामी कुनै पनि पार्टीमा प्रवेश गरेका छैनौं,” उनले स्पष्ट पारे ।

हजरतले आफूहरू हाल पनि नेकपा (एमाले) का उम्मेदवार रुपेश पाण्डे कै समर्थनमा रहेको दाबी गरे । उनले सामाजिक सञ्जालमार्फत आफूहरू कांग्रेस प्रवेश गरेको भन्दै सार्वजनिक गरिएको समाचार भ्रामक रहेको उल्लेख गरे ।

बिहीबार हजरतसहित केही युवाहरू कांग्रेसमा प्रवेश गरेको दाबी सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो । तर शुक्रबार बिहान मात्र उनीहरूले कांग्रेस प्रवेश नगरेको स्पष्ट पारेपछि पर्सा–३ मा उम्मेदवार चौधरीले पार्टी प्रवेशको झुटो अफवाह फैलाएको चर्चा सुरु भएको छ ।

यस विषयमा उम्मेदवार चौधरीको आधिकारिक प्रतिक्रिया भने हालसम्म प्राप्त हुन सकेको छैन ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपाको केन्द्रीय सदस्यमा पर्साकी सांसद सुनिता चौधरी निर्वाचित, डा. नन्दन यादव पराजित

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा पर्साकी समानुपातिक प्रतिनिधिसभा सदस्य सुनिता कुमारी चौधरी केन्द्रीय सदस्यमा निर्वाचित...

कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतियाको निधन

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतिया दुसादिनको असामयिक निधन भएको छ । कालिकामाई गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार कार्यपालिका सदस्य दुसादिनको बुधबार राति...

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ । आजपा...